शशांकले बोलाए पौडेल र कृष्ण सिटौला गुटको बैठक
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा महामन्त्री शशांक कोइरालाले पछिल्लाे समय पार्टी भित्र नेताहरुबीच मत बाँझिएकाे मुख्य विषय विधान लगायत अन्य विषयमा छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको गुटको बैठक बोलाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुनेछ । यसअघि मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस नेताहरुलाई घरमा बोलाएर लञ्च मिटिङ गरेकी थिइन् ।