नेपाली कांग्रेस गुल्मीले गर्ने भनेको जिल्ला सम्मेलन हाललाई स्थगित

काठमाडौं-  नेपाली कांग्रेस केन्द्रीय नेताहरुले उपस्थिती जनाउन नसक्ने भएपछि यहि मंसिर २० र २१ गते गर्ने कार्यक्रम हाललाई स्थगित आगामी पौष २८/ २९ गते सारिएको छ ।

जिल्ला सभापति भुवन प्रसाद क्षेष्ठका अनुसार, केन्द्रीय स्तरका नेताहरुले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम राखिएकोमा महासमिति बैठकको तायारीका कारण उपस्थित जनाउन नसकेपछि स्थगित गरिएको हो ।

पूर्व निर्धारिक कार्यक्रम रोकिएको तर केहि समय पश्चात पुनः अर्को मिति तय गरिने समेत श्रेस्ठले रेसुङ्गगा टूडेलाई बताए ।

सम्मेलनमा पहिलो दिन वृहत भेला तथा आमसभा गर्ने र दास्रो दिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम समेत तय भएको थियो