एघार महिनामा साढे १४ सय दुव्र्यसनी पक्राउ

कम्बोडिया- कम्बोडियामा लागू औषध दुव्र्यसनीको आरोपमा यो वर्ष १४ हजार ४८८ जना पक्राउ गरिएको छ । गत ११ महिनाको अवधिमा सात हजार २२९ ओटा घटनामा उनीहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आन्तरिक मामिला मन्त्रालयको लागू औषधविरुद्धको विभागले शनिबार दिएको जानकारीअनुसार पक्राउ परेका मध्ये आठ हजार २२२ जना लागू औषध ओसारपसार गरेको आरोपमा पक्राउ परेका हुन् । त्यसैगरी पक्राउ पर्नेमा विदेशी पनि रहेका छन् । पछिल्लो विवरणअनुसार विदेशीमा १८ देशका २४२ जना रहेका छन् ।