स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो
पाल्पा- सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् । जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बीमा गराएका छन् । गएको असार मसान्तसम्म दुई हजार ५०० नागरिकले स्वास्थ्य बीमा गराएका थिए भने साउनबाट यही मङ्सिर १ गते सम्म २८ हजार ८५० जना नयाँ थपिएका छन् ।
जिल्लामा पाँच हजार ५४२ घरपरिवारले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन् ।जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ, भने नवीकरण गर्ने कार्यमा भने आकर्षण कम रहेको छ, ज्ञवालीले बताए ।
आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन् ।
रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको भीड छ । यहाँ दैनिक २५० हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको अस्पतालका मेसु डाक्टर बिनेश झाले बताए ।
तनहुँ घिरिङ बस्ने हुमबहादुर कुमाललाई मुटु रोगले सतायो । कुमाललाई मुटु रोगको उपचार गर्न आर्थिक अवस्था नाजुक हुँदा परिवारमा निकै चिन्ता छायो । रामपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुग्नुभएका कुमाललाई अस्पतालका डाक्टरले भरतपुर बाहिर पठाएपछि निकै चिन्तित भए ।
भरतपुर अस्पतालमा उपचार गर्नसक्ने परिवारको आर्थिक क्षमता थिएन, बीमा गरेको हुँदा अस्तालले निःशुल्क उपचार गरिदियो । उपचारमा शुरुमा अस्पतालले एक लाख ५० हजार रकम लाग्ने भन्दा उनि आत्तिए । तर बीमा गरेका कारण पूरै औषधि उपचार निःशुल्क भएपछि कुमालले औषधि उपचारमा समस्या झेल्नुपरेन । अहिले कुमाल मज्जाले हिँड्डुल गर्छन । उनको मुटुरोगको समस्या पनि ठिक हँुदै गएको छ ।
स्वाथ्य बीमा गरेपछि औषधि उपचारमा निकै सहुलियत पुगेको रामपुर नगरपालिका-५ कि लीलादेवी खनाल बताउछिन ।हामीजस्ता गरीब नागरिकलाई बीमा गरेपछि औषधि उपचार कसरी गर्ने होला भन्ने समस्या हट्दै गएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम गरीब दःुखी, विपन्न नागरिकको लागि वरदान सावित नै भएको बीमाकर्ता बालकृष्ण खनालले बताए । सरकारले स्वास्थ्य बीमा कार्यक्रम जस्तै गरीब, विपन्न नागरिकलाई लाभ मिल्ने खालका अन्य कार्यक्रम ल्याउन अनुरोध छ ।
स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्यहरू केन्द्र ताहँु र खस्यौली, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार ५०० तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमाप्रति सदस्य ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क हुने नीति रहेको छ ।
स्वास्थ्य बीमा गरेपछि बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घर घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ ।