गुम्बा विकास समितिलाई विभाग बनाइने-मन्त्री अधिकारी
ललितपुर-बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागि परेको बताएका छन ।
भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताए । बौद्ध धर्मालम्बीले साधना मात्र गरेर नहुनेमा उनको जोड छ । साधना मात्र होइन कामसँगै साधना गर्नुपर्छ ।
समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टाँसी लामाले बौद्ध धर्मको प्रचारप्रसार गर्नुपर्ने आवश्यता औँंलाए । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले गुम्बाको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।
समितिका सदस्य सचिव इन्द्रबहादुर गुरुङले बौद्ध धर्मलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे । समितिका सदस्य दिपेन्द्र लामाले पञ्चशील नियमको पालनामा जोड दिए । कार्यक्रममा समितिका पदाधिकारी, कर्मचारी, बौद्ध धर्म गुरु, धर्मालम्बी, नेपाल भिक्षु महासङ्घ, नेपाल बौद्ध महासङ्घका पदाधिकारी लगायतको उपस्थिति छ ।