उपरथी गिरी रथीमा सिफारिस

काठमाडौं । नेपाली सेनामा रिक्त रहेको रथी पदमा शरद कुमार गिरीको नाम सिफारिस भएको छ । उपरथी गिरीलाई नियमवालीको नियम ३३ (क) बमोजिम गठित बढुवा समितिले गरेको सिफारिसलाई प्रधानसेनापति पूर्णचन्द्र थापाबाट सदर भएको बताइएको छ ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजका उपरथी गिरीलाई रथी दर्जामा बढुवा सिफारिस सेनापतिबाट सदर भएको जानकारीको लागि १५ दिने सूचना प्रकाशित गरिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले बताएका छन् ।
बढुवा समितिको अनुसार रथी दर्जामा सिफारिस भएका गिरीको बढुवा मन्त्रीपरिषद् बैठकले पास गर्नेछ ।
गिरीलाई वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । उनीसँगै सोही बैठकको निर्णय अनुसार महासेनानी ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जन कुमार श्रेष्ठ र अशोक सिग्देल समेत सहायक रथी दर्जामा बढुवा भएका थिए ।