रेल मार्गबारे छलफल गर्न आज भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा छलफल सुरु
काठमाडौं- केरुङ काठमाडौं रेल मार्गबारे छलफल सुरु भएको छ । छलफलका लागि उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ ।
चीनको उच्च स्तरीय सरकारी टोली र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवसहितको नेपाली पक्षबिच छलफल सुरु भएको हो ।
बैठकमा केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर कसरि बनाउने भन्ने मोडालिटी बारे छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ । छलफल अहिले भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ ।
यो छलफलले डिपिआर (बिस्तृत परियोजना प्रतिवेदन) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ । साथै चिनिया टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।