आमा बाबुले नै गरे २ महिने छोरीको हत्या

भारतमहाराष्ट्रको कोहलपुर जिल्लाका एक जोडीले दुई महिने छोरीको विष खुवाएर हत्या गरेका छन् ।

गत अक्टोबर चार तारिखमा छोरी रोएको निहुँमा जोडीले बालिकालाई अस्पताल पुर्याएका थिए तर उपचार सुरु हुनुअघि नै उनको मृत्यु भइसकेको थियो ।

बालिकाको बुवा (प्रकाश) ले पोष्टमार्टम गर्न मानेका थिएनन् तर डाक्टरले केहि शंका मानेपछि बालिकाको पोष्टमार्टम गरिएको थियो । उक्त रिपोर्टमा बालिकाको विष सेवनपछि मृत्यु भएको पत्ता लागेको थियो ।

प्रहरीले उक्त रिपोर्ट दुई महिनापछि फेला पार्यो र आमाबुवालाई शंका गरेर सोधपुछ गर्दा खानेकुरामा विष मिसाएर खुवाएको स्विकार गरेका छन् ।

प्रहरीका अनुसार हत्या गर्नुको कारण पहिले नै एक छोरी भइसकेको र अर्को छोरी नचाहेकोले हत्या गरेको खुलेको छ ।
आरोपी जोडीलाई प्रहरीले अदालतमा पेश गरेको छ । उनीहरुलाई डिसेम्बर १५ तारिखसम्म हिरासतमा राख्न आदेश दिएको छ ।