अध्यक्षद्वय द्वारा २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश
काठमाडौ- शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको को २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको हो ।
प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार लगायत शिर्षकमा ब्याख्या गरिएको छ ।
यस्तै बैठकले नुवाकोटको दुप्चेश्वरमा भएको दुर्घटनाप्रति पनि खेद प्रकट गर्दै मृतकप्रति समवेदना प्रकट गरेको छ । शनिबार प्रस्तुत प्रतिवेदनबारे छलफलका लागि पुस २ गते बिहान ११ बजे बैठक बोलाइएको नेकपाले जनाएको छ ।