नेकपाका सांसद भन्छ्न् सरकारको आलोचना गर्ने समय भएको छैन, अझै एक वर्ष हेरौं

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले अहिले नै सरकारको आलोचना गर्नु हतारो हुने बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै रायमाझीले सरकारको अहिले काम गर्न खोजिरहेको छ त्यसैले अहिले नै हतारोमा अलोचना गर्न नहुने   र गर्नै परेपनि एक वर्षपछि गर्न सुहाउने बताएका हुन् ।

डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारको लागि रोडम्याप पर्याप्त नभएको स्पष्ट पार्दै उनले भने, ‘अहिले आएको चिकित्सा शिक्षा विद्येयकले सबै समस्याको हल गर्दैन ।

नेपालका निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेर मात्रै नहुने उनको धारणा छ । उनले भने, ‘उपत्यकाभित्र वा बाहिर मेडिकल कलेज खोल्ने वा नखोल्ने कुरा अहिलेको सवाल होइन । सवाल त उत्पीडित जनताले सर्वशुलभ उपचार गर्न पाउने कुरा मुख्य विषय बताएका छन् ।