एक दुई दिन ढिलो भए पनि विधान यसै बैठकले दिन्छ: गुल्मी सभापति भुवन श्रेष्ठ (भिडियो सहित)
काठमाडौ- जारी नेपाली काँग्रेस महासमिति बैठकमा बढेको विवादले चर्को रुप लिएको छ । बैठकमा नेताहरू झण्डै हात हालाहालको स्थिति आएको छ ।
बैठकको बन्दसत्र सुरू गर्न नमिल्ने भन्दै कार्यकर्ताले होहल्ला गरेपछि कांग्रेस महासमितिको बैठक अवरुद्ध भएको छ ।
मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा.प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव भएको थियो ।
यस विषयमा नेपाली कांग्रेस गुल्मीका सभापति तथा महासमिति सदस्य भुवन प्रसाद श्रेष्ठ सङ्ग गरिएको कुराकानी