विवादका बीच अन्ततः विधान मस्यौदाका विषयमा सहमति जुटाए
काठमाडौ- नेपाली कांग्रेसका शीर्ष नेताहरूले निकै विवादका बीच अन्ततः विधान मस्यौदाका विषयमा सहमति जुटाएका छन् ।
अब कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सह–महामन्त्रीको संख्या सात पु र् याउने गरी सहमति गरेका छन् ।
अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र सात सहमहामन्त्री हुने भएका छन् । कोषाध्यक्ष र थप एक जना प्रवक्ता सभापतिले मनोनयन गर्ने सहमति भएको छ । केन्द्रीय समितिको बैठकपछि विधान मस्यौदालाई महासमितिमा पेश गर्ने तयारी भएको छ ।
सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने छ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।
यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २–२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । बिहीबार उनले उपसभापति र महामन्त्री एक–एक मनोनित गर्ने प्रस्ताव ल्याएका थिए ।