महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई सुधार्न सहयोग-नेता पौडेल
दमौली-गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पु¥याएको बताए ।
महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दावी गर्दै पौडेलले काङ्ग्रेसको संरचना नमूना बनेको र राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काङ्ग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतीक भएको नेता पौडेलले बताए ।
नेपाली काङ्ग्रेसभित्र अब कुनै नेताको मनोमानी चल्न सक्दैन, विधानले पार्टीभित्र पूर्ण लोकतान्त्रिकको बाटोमा लैजान सहयोग पु¥याउनेछ र समग्र पार्टीकै लोकतान्त्रिकरणमा टेवा दिनेछ ।
लोकतन्त्रको लागि लडेको नेपाली काङ्ग्रेस अब आफू पनि लोकतान्त्रिक संस्कारमा अघि बढ्दै देशलाई लोकतान्त्रिक बाटोमा हिँडाउन लागिपर्ने नेता पौडेलले बताए । विगतमा पार्टी कृपावाद र नातावादमा चल्ने गरेको आरोप लगाउँदै उनले अब पार्टीभित्र क्षमता र योगदान भएका व्यक्तिले पार्टी सञ्चालन गर्ने बताउदै, निगाह र कृपाको आधारमा अगाडि बढ्ने प्रवृत्ति अब अन्त्य भएको उनले बताए ।
वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पास गरेको विधानले सबै वर्गलाई समेटेको उल्लेख गर्दै ,यो महासमिति बैठक गौरवपूर्ण उपलब्धिका साथ आज दिउँसो सम्पन्न हुँदैछ ।
नेता पौडेलले पार्टीलाई धर्मको विवादमा फसाउन नहुने भन्दै राजनीतिलाई धर्मसँग जोड्न नहुने,नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्मलाई समान व्यवहार हुनुपर्ने उनको भनाइ छ । नेपाली काङ्ग्रेस सबै जनताको प्रतिनिधि हो, एउटा पक्षलाई मात्रै समातेर पार्टी चल्न सक्दैन । नेपाली काङ्ग्रेस धर्मको विवादमा धेरै फस्नु हुँदैन ।