विप्लवको कार्यक्रममा नरबहादुर कार्कीः जनप्रतिनिधीहरुलाई भने हाम्फाल्नुस

बुटवल । सकारात्मक जीवनका अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीले विप्लव नेतृत्वको नेकपा माओवादीकले सुरु गरेको एकीकृत जनक्रान्ति विना यो देशमा परिवर्तन सम्भव नभएको दावी गरेका छन । सो पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन गुल्मी शाखाले आयोजना गरेको एक कार्यक्रममा सदरमुकाम तम्घास आएका कार्कीसंग लिएको अन्तरवार्ताका क्रममा उनले यस्तो दावी गरेका हुन ।
तपाई त विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गर्नु भयो रे, के त्यो पार्टी वाहेक अरु पार्टीबाट परिवर्तन सम्भव नदेखेरै हो ? भन्ने प्रश्नमा उनले भने –‘अफकोर्श, म त्यस पार्टीमा प्रवेश गरेकै हो र अव विप्लव नेतृत्वको नेकपा माओवादीले सुरु गरेको एकिकृत जनक्रान्ति विना परिवर्तन सम्भव नै छैन ।’
उनले नेपाली सर्वहार वर्गको वलिदानीबाट सुरु गरिएको जनयुद्ध नेताहरुलाई बाँडी चुडी खाने खेतीका रुपमा सम्झौतामा पुगेर टुङ्गिएको आरोप लगाउँदै भने –‘जुन परिवर्तनको सपना नेपाली जनताले देखेका थिए त्यसलाई पुरा गर्न एकिकृत जनक्रान्तिमा गोलवद्ध नहुनुको विकल्प छैन ।’
उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वाहेका राजनैतितक पार्टीहरु पार्टी नभएर बाँडी चुडी खाने एनजिओ भएको आरोप समेत लगाए । सो संठनले –‘वर्तमान अवस्थामा रचनात्मक चिन्तन विषयक’ विषयक कार्यक्रमको आयोजना गरेको थियो ।
त्यस कार्यक्रममा भने उनले राजनैतिक कुरा बोलेनन । प्रमुख अतिथी रहेका उनले सकरात्मक जिवन कै पक्षमा बोले तर गुमाउरो पारामा जनप्रतिनिधीहरुलाई ईख लाग्ने गरी ब्याङ्ग भने हानेरै छाडे । पुर्व वक्ता रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले त्यस अघि भनेका थिए जनताका पक्षमा भने जति काम गर्न अझै सकिएको छैन ।
उनको उक्त भनाईलाई उदृत गदै उनले भने–‘अघि मेयर सावले भन्नु भएको थियो भने जती काम गर्नै सकिएन भनेर । त्यसो भए मेयर साव, मैले अघि भने झै गुडी रहेको गाडीबाट हामफाल्नुस ।’
त्यस अघि कार्कीले एउटा किस्सा सुनाएका थिए । भनेका थिए –‘पहिला मानिस गाडीमा चढ्नका लागि टिकट काट्न आतुर हुन्छ । त्यस पछि सिट रोज्न आतुर हुन्छ । आफु दायाँ पट्टिको सिटमा बस्यो भने बायाँ तिर बसेका यात्रुहरुको सिट राम्रो ठान्छ, मेरो चाँही खत्तम रहे छ भनेर भन्छ ।
बायाँ पट्टि बसेका यात्रुहरुले फेरी दयाँ पट्टि बसेकाहरुको सिट एकदम राम्रो आफु बसेको सिट खत्तम भन्छ । गर्दागर्दै उसलाई आफु चढेको गाडी सहि गन्तव्यमा पुग्नुको सट्टा गलत गन्तव्यमा पुग्दै छ भन्ने सोच्छ । यसरी मानिसको सोचमा खाली असन्तुष्टि मात्रै । आफु चढेको बस गलत दिशा मै जान्छ भन्ने थाह भएको भए त्यो गाडीमा किन चढ्ने ? चढिए कै छ भने किन झर्ने ? झरिन्छ भने त्यो गाडी भन्दा पहिला आफु आफ्नो गन्तव्यमा पुग्छु भन्ने सहाश बटुल्ने । सकिन्न भने आशंका र असन्तुष्टि गर्न मनमा राख्ने ?
बहादुरी देखाउनै चाहनु हुन्छ भने अब तपाई यसो गर्नुस– त्यस गाडीलाई रोक्न पनि नथाल्नुस, त्यही गुडी रहेको गाडीको ढोकामा जानुस र हाम्फाल्नुस । तपाई घाईते हुन र मर्न पाउनु हुन्न । तल भुँईमा टक्क टेक्नुस र दौडेर त्यो गाडी भन्दा अगाडी जानुस र गलत दिशा तय गरेको त्यस स्थानमा पुगेर ढुङ्गा थुर्पार्नुस र तपाईले ठानेको सहि गन्तव्य तिर गाडी मोड्नुस । यस्तो बहादुरी देखाउन सक्नु हुन्न भने तपाईले आशंका, असन्तुष्टि र कुण्ठा ब्यक्त गर्नुको कुनै तुक छैन ।’
यसर्थ म मेयर सावलाई यहि भन्छु कि त्यस भित्र बसेर काम गर्न सक्नु हुन्न भने त्यसरी नै बहादुरी देखाउने गरी यो देश पनि एउटा गाडी नै हो, तपाई पनि त्यसमा यात्रा गरिरहनु भएको छ । त्यही गुडी रहेको गाडीबाट हाम्फाल्नुस र गर्न खोजेको के हो गरेर देखाउनुस ।’
यतिबेला जनप्रतिनिधीहरुले कर्मचारीले गरेनन, कर्मचारीहरुले जनप्रतिनिधीले गर्न दिएनन भन्ने आरोप प्रत्यआरोप पनि एउटा नौटङकी मात्रै भएको उनले टिप्पणी गरे । ५८ प्रतिशत रेडिमेड कपडा चिनबाट निर्यात गर्ने यस देशमा धमाधम स्थानिय तहले महिलाहरुलाई आत्मनिर्भर बनाउने नाममा करोडौ खर्चिदै आएका छन कार्कीले प्रतिप्रश्न गरे –‘कपडा सिलाउने कामै पाउन छाड्यो त के को सिलाई बुनाई तालिम ?
उनका प्रत्येक भनाईमा तालीको गडगडाहट थियो । अन्य कम्युनिष्टहरु सहित विप्लवका कार्यकर्ताको उपस्थिती पनि सदाको भन्दा बाक्लो थियो । कार्यक्रममा सो पार्टीका जिल्ला ईन्चार्ज पुर्णबहादुर सिंह, सेक्रेटरी खिम केसी र मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी, रेसुङ्गा क्याम्पस प्रमुख हरिबहादुर केसी लगायतले पनि मन्तव्य राखेका थिए । क्रन्तिकारी पत्रकार संगठनका अध्यक्ष शंकर भुसालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विद्यार्थी संगठनका केन्द्रिय सदस्य विक्रम केसीको सञ्चालन रहेको थियो ।