विदामा आएका घरेलु कामदारलाई पुनः रोजगारीका लागि फर्किन दिनुपर्ने धारणा

काठमाडौं -संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदामा आएका घरेलु कामदारलाई पुनः रोजगारीका लागि फर्किन दिनुपर्ने धारणा राखेका हुन् ।सरकारले विदामा स्वदेश आएका घरेलु कामदारलाई पुनः विदेश जान दिने प्रस्ताव गरेको छ । तर, संसदीय समितिमा त्यसलाई अस्वीकार गरेको छ ।

आमाको निधन भएर विदामा आएको तर, काजकिरिया सकेर पुनः जान नपाएको गुनासो समेत आएको छ’ उनले भनेका छन्, सुरक्षित महशुस गर्छन् र कमाई पनि राम्रो छ भने उनीहरुलाई जान दिनुपर्छ भन्ने मेरो धारणा हो ।

तर, समितिले सरकारी प्रस्ताव अस्वीकार गरेको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तबले समितिले अर्को निर्णय नगर्दासम्म घरेलु श्रमिक जान नदिन निर्देशन दिए ।

घरेलु कामदारमाथि शोषण हुने गरेको घटनाहरु बाहिरिएपछि संसदीय समितिले ०७३ चैत २२ मा खाडी मुलुकमा घरेलु कामदार जान रोक लगाएको थियो ।