पुस १७ गते छैटौं टोपी दिवस मनाउँदै

काठमाडौं- काठमाडौंको माइतीघरमा यसपटक पनि नेपाली टोपी दिवस मनाउने भएको छ। जागरुक युवा अभियान नेपालले एक विज्ञप्ति जारी गरी छैटौं टोपी दिवस मनाउन लागिएको जनाएको हो।
नेपाली टोपी हाम्रो गौरव हाम्रो पहिचान नाराका साथ पुस १७ गते बिहान ८ बजे माइतीघर मण्डलामा कार्यक्रम समेत आयोजना गरिएको जागरुक युवाले उल्लेख गरेको छ। युवा समूहले नेपाली पहिचानको रुपमा रहेको नेपाली टोपीलाई राष्ट्रिय पहिरनको रुपमा घोषणा गर्न मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ।