अपाङ्ग विद्यार्थीलाई ह्वीलचियर प्रदान
भद्रपुर-अर्थमन्त्री डा. युवराज खतिवडाका स्वकीय सचिव तुलसीराम मैनाली र राष्ट्रिय अपाङ्ग कोषका महासचिव यमनाथ मैनालीको सहयोगमा शिवसताक्षी-४ स्थित अस्मिन मेमोरियल स्कूलका चारजना अपाङ्ग विद्यार्थीलाई आज ह्वीलचियर प्रदान गरिएको छ ।
विद्यार्थी सन्तोष शाह, एलिशा राजवंशी, विकास यादव र उमेश शाहलाई ह्वीलचियर प्रदान गरिएको विद्यालयका संस्थापक निलम कुमार मैनालीले बताए ।