कर्मचारी नसुधारी काम गर्न सकिन्न

चतुरमान गुरुङ, वडा अध्यक्ष,
भरतपुर महानगरपालिका १६, चितवन

देशकै सुगम स्थानीय तहमध्ये एकमा पर्ने भरतपुर महानगरपालिका र त्यसभित्रको वडा नं. १६ पनि हो । झ्वाट्ट हेर्दा यस वडामा हुन बाँकी विकास भनेको केही बाटा कालोपत्रे हुन, खानेपानीको सरकारी धारो पुग्न मात्र हो । तर खोतल्दै जाँदा अरु धेरै समस्या भेटिन्छन् र ती समस्यालाई समाधान गर्न यहाँका वडा अध्यक्ष चतुरमान गुरुङको चतु¥याइँले नभ्याउने सङ्केत केही स्थानीयले गरेका छन् । एमालेको लहर आएको बेला एमाले उम्मेदवार चतुरमानलाई चुनाव जित्न गाह्रो परेन तर जनआकाङ्क्षा अनुरूप काम गर्न भने निकै गाह्रो परेको छ उनीहरूले भने । उमेर अवस्था र जिम्मेवारीका हिसाबले निकै भद्र स्वभावको देखिनुहुने चतुरमानसँग यसपालि हामीले स्थानीय विकासकै बारेमा कुरा ग¥यौं । प्रस्तुत छ उहाँसँगको संक्षिप्त कुराकानी :

चुनाव जितेपछि के–के काम गर्नुभयो ?

सर्वप्रथम त जनताका समस्याको पहिचान गर्ने कोसिस गरियो । त्यसमा महानगरपालिकाको सहयोगको माग राख्दै र आपूmले पनि सक्दो योगदान गरियो । महानगरपालिकाले लगाएका कामहरू गरियो । महानगरपालिकाबाट प्राप्त बजेटको सदुपयोग गर्दै जनताका लागि गर्न सकिने केही काम गरियो । विभिन्न कामका सिफारिस गरियो र गरिदै छ ।

यो त जनताले प्रत्यक्ष अनुभूति गर्ने कामभन्दा औपचारिक र प्रशासनिकजस्तो मात्र भएन र ?

हो, नयाँ संरचनामा गएको स्थानीय तहमा शुरुमा नीति, नियम र सबै प्रशासनिक चाँजोपाँजो मिलाउनु पर्ने अवस्था हुनु स्वाभाविक थियो । हामीले त्यसलाई सक्दो व्यवस्थापन गर्ने काम ग¥यौं ।

एक वर्षमा बढी समय वितिसक्यो, यस्तो गतिले चुनावमा गरेका प्रतिबद्धता पूरा होलान् ?

चुनावमा बोलेका कुरा पूरा गर्न हामीलाई ठूलै चुनौति छ र त्यसलाई पार गर्ने कोसिसमा लाग्नु हाम्रो कर्तव्य हो । जुन काम गर्न हामी शुरुदेखि नै लागिपरेका छौं । हामीलाई विश्वास छ पार्टीले तय गरेका र हामीले स्थानीय तहको आवश्यकता अनुसार प्रतिबद्धता गरेका कुराहरू पूरा गर्नेछौं यदि कर्मचारीको मनस्थितिमा सुधार ल्याउन सकियो भने ।

व्यवहारिक कानुनलाई परिचालन गर्ने कर्मचारीलाई पनि उत्तिकै व्यवहारिक बनाउनु जरुरी छ । कर्मचारी नसुध्रिएसम्म देश सुध्रिने अवस्था छैन, त्यसैले सिंहदरबार गाउँ गाउँमा पु¥याउने हो भने जनतालाई व्यवहारिक काम गर्न प्रशासनिक झण्झट कम गर्दै सुशासनको अनुभूति दिलाइयोस् ।

यसको मतलब तपाईंले चाहे अनुसार काम गर्न यहाँका कर्मचारीले सहयोग गरेका छैनन् हो ?

यहाँका भन्नाले वडाकै भनेर त नबुझौं, वडाका कर्मचारीको भूमिका भनूँ वा सहयोग ठिकै छ तर महानगरपालिकाको कार्यालयमा बस्नुभएका कर्मचारीको हालत पुरानै छ । उहाँहरूको पुरानै बानी र व्यवहारले गर्दा हामीले जनचाहनाअनुसार काम गर्न फिटिक्कै सकेका छैनौं । हेर्नुस् यो वडाको कम्प्युटर बिग्रेको १५/२० दिन भईसक्यो । जनता काम लिएर आइरहनु भएको छ, तर सबैजसो काम कम्प्युटरबाट गर्नुपर्ने अहिलेको अवस्थामा कम्प्युटर बिग्रेर थन्केको छ । यसको जानकारी महानगरपालिकाको प्रशासनलाई तुरुन्तै दिएका छौं । न हामीले हाम्रो तरिकाले बनाउँछौं भन्दा हुन्छ बनाउनुस् भनेर दिनुहुन्छ बरु हुन्न भन्नुहुन्छ । न आपूmहरूले बनाउने मान्छे समयमा पठाइ दिनुहुन्छ । पठाई हाले पनि सिकारु पठाउने, बनाउन नसक्ने, बनाइहाले पनि बिग्रिई हाल्ने कच्चा काम भईरहेको छ ।

यसरी महानगरपालिकाका कर्मचारीको सहयोग नपाइएको गुनासो मेयर –उपमेयरसँग गर्नुभएको छैन, कि उहाँहरूको पनि असहयोग हो ?

मेयर उपमेयर त हामीप्रति सकारात्मक हुनुहुन्छ, सक्दो सहयोग गर्न खोज्नुहुन्छ । तर, कर्मचारीले उहाँहरूलाई नै टेर्नुभएको छैन भन्ने बुझिएको छ । कानुन र लेखापढीको कागज उहाँहरूको हातमा छ त्यसैले उहाँहरूले आपूmलाई बलियो ठान्नुभएको छ होला । महानगरपालिकाका कर्मचारीको जनविरोधी देखिने व्यवहारले गर्दा अहिले हामीले जनअपेक्षा अनुसारका काम गर्न नसकिएको मात्र होइन बरु गाविस हुँदाकै स्थानीय निकाय ठिक थियो भन्ने निश्कर्षमा पुग्ने वातावरण बनेको छ ।

त्यसो भए अहिले सिंहदरबार गाउँगाउँमा पुग्यो भन्ने कुरामा दम्भ नगरे हुन्छ हैन त ?

हो । यो कुरा अहिले वाहियातजस्तो भईसक्यो । हामी स्थानीय सरकारका जनप्रतिनिधिले गर्न चाहेका जनअपेक्षा अनुसारका कुनै पनि काम चाहे अनुसार छिटो र सहज ढंगले गर्न नपाएपछि सिंहदरबार गाउँमा पस्यो भनेर किन भन्नू !

तपाईंको वडामा के–के समस्या छन् ?

सुकुम्बासी समस्या छ, कैयन् बाटा कालोपत्रे हुन सकेका छैनन् । जनचेतनाको कमी छ, गरिबी छ, जन्मदर्तादेखि नागरिकतासम्मको समस्या छ । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु आएर खेतीबाली नष्ट गरिदिने समस्या छ । छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन गर्नृपर्ने समस्या छ ।

सुगम वडा भनिए पनि समस्या त रहेछन्, समाधान होला त ?

फेरि त्यहीँ कुरा आउँछ, महानगरपालिकाका कर्मचारीको अहिलेकै जस्तो अव्यवहारिक मनस्थिति कायम रह्यो भने केही पनि गर्न सकिन्न । कर्मचारीको मनस्थितिमा सकारात्मक परिवर्तन ल्याउने गरी प्रशासनिक सुधार नभएसम्म हामीजस्ता जनप्रतिनिधिलाई जनताले चाहेजस्तो काम गर्न निकै जटिल छ ।

अन्त्यमा अरू केही भन्नुहुन्छ कि ?

मेरा कुरा राख्ने अवसर दिनुभएकोमा तपाईं र तपाईंको पत्रिकालाई धन्यवाद छ । र, म केन्द्र सरकारलाई भन्न चाहन्छु कि सुखी नेपाली र समृद्ध नेपालको नारा साकार पार्ने हो भने जनताका सही काम गर्न नीति, नियम र कानुन व्यवहारिक बनाइयोस् । अहिले के छ भने कानुन एकातिर व्यवहारिक पक्ष अर्कोतिर । यसो हुँदा जनताका काम सधैं अप्ठ्यारोमा परेका छन् । व्यवहारिक कानुनलाई परिचालन गर्ने कर्मचारीलाई पनि उत्तिकै व्यवहारिक बनाउनु जरुरी छ । कर्मचारी नसुध्रिएसम्म देश सुध्रिने अवस्था छैन, त्यसैले सिंहदरबार गाउँ गाउँमा पु¥याउने हो भने जनतालाई व्यवहारिक काम गर्न प्रशासनिक झण्झट कम गर्दै सुशासनको अनुभूति दिलाइयोस् ।