चितवनको नमूना शेषकान्त माविको वार्षिकोत्सव सम्पन्न

चितवन÷भरतपुर १६ विजयनगरमा अवस्थित श्री दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयले यसै साता भव्यताका साथ ५९औं वार्षिकोत्सव मनायो । वार्षिकोत्सवका अवसरमा असहाय, अपाङ्ग, गरिब र जेहेन्दार विद्यार्थीका लागि प्रधानाध्यापक डिल्लीराम अधिकारीले एक करोड राशिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नासाथ केही दाताहरू दान दिन सल्बलाए । ती दाता थिए सोही विद्यालयका पूर्वविद्यार्थीद्वय विवेक देवकोटा र सन्तोष बानिया अनि पूर्वविद्यार्थीबाट पूर्वशिक्षक पनि भइसकेका दीपक रेग्मी । जिल्लामा नमूना माविको जश पाएको खुशी बाँड्दै सुधारका योजनाहरूले प्रधानाध्यापकको लामै समय लियो ।
स्वर्ण वर्ष पार गरेको दशक पुग्दा कक्षा १२ सम्म पढाइ हुने यस स्कुलमा अहिले एक हजार ६६ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्या बढाउने, ड्रपआउट संख्या घटाउने, शिक्षकलाई कम्प्युटरको ज्ञान बढाउने तर विदाको औसत घटाउने, पुस्तकालयको क्षमता बढाउने तर कतिपय विद्यार्थीको अनुशासनहिनता घटाउने यो वर्षको लक्ष्यमा परीक्षाफलको नतिजा प्रतिशत पनि बढाउने कुरा थपेर प्रधानाध्यापकले उपस्थित अभिभावकलाई आशामा अभिलाषा थप्नुभयो ।
विद्यालय परिसरमा जंक फुड निषेध गर्दै परिसर बाहिर पनि त्यस्ता खाद्य पदार्थका परिकार विद्यार्थीलाई नबेच्न विक्रेताहरूलाई अनुरोध गरेर सकारात्मक कदम चालेको छ । विद्यार्थीको जन्म दिनमा पुस्तक उपहार दिने प्रयोग गरेर थप राम्रो काम गरेको छ । नमूना भनिए पनि समस्याका पोका फुकाउँदै वार्षिक प्रतिवेदन सुनाउँदा लाग्यो यी समस्या समाधानले बाँधिएपछि विद्यालय साँच्चिकै नमूना बन्ला नत्र नमूनाको उपाधि टिक्ला कि नटिक्ला ! शिक्षक र कर्मचारी गरी ५१ जना कार्यरत रहेको यस विद्यालयमा पनि निजी स्रोतका शिक्षकको पारिश्रमिक टिठ लाग्दो नै रहेछ । कक्षा कोठा पुगेका रहेनछन् ।
बस सुविधा रहेनछ, खेलकुद शिक्षक, संगीत शिक्षक र कम्प्युटर शिक्षकको कमि रहेछ । होस्टेल पनि रहेनछ त्यसैले विद्यार्थीको चाप धाप मार्ने खालको हुन सकेनछ । शिक्षक अभिभावक संघको तर्फबाट सामाजिक परिक्षण समितिका संयोजकको हैसियतमा डिल्लीराम दवाडीले भन्नुभयो,– विद्यालय परिसरको फोहोर विसर्जन गर्ने थलोको व्यवस्था गर्नुपर्ने देखिन्छ, गणित विषयमा लगातार तीन वर्ष खस्कदो नतिजा छ, तुरुन्त सुधार गर्नुपर्ने देखिन्छ । यसैगरी शिक्षकको विदा बढी देखिन्छ त्यो पनि सुधार होस् ।
शुभकामना मन्तव्य राख्नेको लर्कोमा सिद्धि गणेश सामुदायिक वनका पदाधिकारीले बालविकास कक्षाका ८५ जना विद्यार्थीलाई स्वीटर वितरण गर्न पनि भ्याए । यसैगरी साँस्कृतिक कार्यक्रम अन्तर्गत केही विद्यार्थीले राष्ट्रिय भावका गीतमा नृत्यको कला पनि देखाए । भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष चतुरमान गुरुङ, वडा नं. १७ का ललितमान गुरुङ, विद्यालयका पूर्व अध्यक्षहरू, पूर्व प्रधानाध्यापक रमा घिमिरे, पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू लगायतले विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना अर्पिनु भयो । विद्यालयको विकास र विस्तारमा योगदान गर्ने शिक्षक अभिभावक लगायत केहीले सम्मान पनि पाउनु भयो । वार्षिकोत्सवमा आयोजित खेलकुद प्रतियोगिता जित्ने लगायतका उत्कृष्ट विद्यार्थीले पुरस्कार पाए । कक्षा ८ मा अध्ययनरत मनिष ओझा, कक्षा १० मा अध्ययनरत ज्योति सुनार र शिक्षक कर्मचारीको तर्फबाट राधा कोइरालाले पनि शुभकामना मन्तव्य राख्ने अवसर पाउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बलराम पौडेलको सभापतित्वमा सम्पन्न ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवश समारोहका प्रमुख अतिथि प्रदेश ५ का मुख्य मन्त्रीको कार्यालयका सचिव तथा संस्थापक प्रधानाध्यापक स्व.सुरेन्द्र अधिकारीका सुपुत्र वसन्त अधिकारीले आपूm यहीँको वासिन्दा भएकाले यस स्कुलको उज्ज्वल भविष्यका लागि सक्दो टेवा पु¥याउने भरोसा दिदै सकुलको उज्ज्वल भविष्यको कामना गर्नुभयो । समुद्घाटन समारोहको उद्घोषण सहजीकरण सहायक प्रधानाध्यापक आनन्दराज सापकोटाले गर्नुभएको थियो ।