जो एकै साथ चुरा फुटे झैं फुटे –सदाका लागि छुटे

बुटवल । गत असोज १८ गते देखि जुम्ला, डोल्पा, रुकु्म र दाङ्ग लगायतका विभिन्न जिल्लाका युवा युवती विच क्लास फ्रेण्डका रुपमा जमघट सु्रु भएको थियो । दाङ्गमा शुक्रवार साँझ दुर्घटनामा परेर ज्यान गुमाउने र घाईते हुनेहरु उमेरको हिसावले कलिलै थिए भन्न मिल्छ । घोराही उपमहानगरपालिका अन्तर्गत गैरागउँस्थित सहिद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा पढ्नका लागि उनिहरुको त्यो जमघट भएको थियो तर ४५ दिन नपुग्दै शुक्रवार साँझ त्यो जमघट छिन्न भिन्न हुन पुग्यो ।
पहिलो गासमै ढुङ्गा लाग्यो
लामो समय देखि दाङ्गमा प्रािवधिक क्याम्पस खोल्ने बिषयमा स्थानिय देखि केन्द्र सम्मका नेताहरुले पहल गरेका थिए । फलस्वरुप यसै बर्षको असोज १८ गतेदेखि उक्त क्याम्पस प्राविधिक शिक्षालयका रुपमा सञ्चालनमा ल्याईयो । त्यस दिनदेखि तिहार पछाडी सम्म विद्यार्थी भर्ना हुने क्रम जारी रह्यो र कुल ३७ जना त्यस शिक्षालयमा रहेका थिए । औपचारिक शिक्षा भन्दा सिकाईमा बढि केन्द्रित प्राविधिक शिक्षा लिने क्रममा शुक्रवार त्यस शिक्षालयले सल्यान तर्फ अव्जरभेसनका लागि बिद्यार्थी पठाउने कार्यक्रम तय ग¥यो ।
विद्यार्थी सबै खु्शी भए । क्लासफ्रेण्डहरु एकआपसमा चिनजान पनि बढ्दै थियो । शिक्षालयको आकर्षक यु्निफममा सजिएर ३४ जना विद्यार्थी, २ जना शिक्षक र २ जना चालक दल सहित शुक्रबार विहानै सल्यानका लागि बस चढे । त्यस बसमा उनिहरु मध्ये कोही आफन्तजन संग फोन कुराकानीमा ब्यस्त थिए त कोही एक आपसमा भलाकुसारी गर्दै सल्यान पुगे ।
अब्जरभेसन सकिए पछि सामुहिक तस्वीर खिचे । अरुको मोवाईल मार्फत खिचिएका तस्वीरलाई दाङ्ग गएर मेरोमा राखी दिनु है पनि भन्दै थिए । अनिश्चित यात्रा गर्दै छ मानिस तर सवै सवै ढु्क्क हुन्छ गन्तव्यमा पुगिने कुरामा । यसर्थ उनिहरु पनि ढ्ुक्क थिए साँझ आफ्नो शिक्षालय र आफ्नो कोठामा पुगिने कुरामा ।
दाङ्ग घोराही उपमहानगरपालिका १४ का १७ बर्षिय बिजय जिएमले सल्यानबाटै घरमा अंकललाई फोन गरेर अंकल अब हामी फर्किन्छौं । साँझ चाडै घर आउँछु भनेका थिए ।
त्यसरी घर र कोठामा छिटै फर्किने भर दिने धेरै थिए तर बस सल्यान र दाङ्गको विचमा पर्ने राम्री भन्ने स्थानमा आउँदा उनिहरुले त्यो भर काटे । त्यो स्थानको नाम सुन्दर राम्री अर्थात राम्रो तर घटना निकै नराम्रो भयो । कोही गीत निकाल्दै थिए कोही ताली ठोक्दै थिए ।
कोही हाँसी मजाक गर्दै थिए । त्यसै रमाईलो मोडमा अप्ठ्यारो बाटोको मोड आई दियो । निर्दयी नियतीले उनीहरुको जिन्दगी माथी मजाक उठायो । खोल्सामा बस मोड्न लाग्दा बस कच्ची सडक देखि झ¥यो डर लाग्दो भिरमा ।
सुरु भयो चिच्चाहट, कतै आमा आमा..त कतै बाबा.. बाबा.. को वोलावट । दुर्घटना स्थल तलका मानिसहरु आफ्नो गाउँ र घरमा आएर किच्ने हो कि भन्ने त्रासमा भागा भाग हुन थाले । केहि बेर अघि सम्म कुम जोडेर भलाकुसारी गर्दै गरेका र त्यसको केहि बेर अघि सामुहिक तस्वीर खिचेका र सेल्फी हानेका साथीहरु माथी नियतिको बज्रपात भयो । बस एक पछि अर्को बल्ड्याङ खाँदैै तल खस्यो । उनिहरु मध्ये धेरैलाई नियतिले च्ुरा फुटाए झै फु्टायो र सदाका लागि ती प्यारा साथीहरु र परिवारबाट छुटायो ।
हारगुहार गरे तत्काल उनीहरुले ग्ुहार पाएनन्, अन्तिम सास सम्म मानिसले आमा बाबा.. भन्छ । उनिहरु पनि त्यही पुकार गरे । पानी पानी भन्दा भन्दै कसैको बाक्य त्यही बस्यो कोही भिर पाखा खोखेरी र खोल्सा खोल्सीमा तड्पी रहेका थिए
साँझको समय थियो । केहि बेर पछि प्रहरी आयो तर बस खसेको स्थानबाट तल झर्ने बाटो नै थिएन कहाली लाग्दो भिर । उनिहरु फर्केर अर्को बाटो हुँदै जाँदा झण्डै एक घण्टा उद्धारका लागि ढिलाई हुन पुग्यो ।
तुल्सीपुर ईलाका प्रहरी कार्यालयका प्रमु्ख डिएसपी प्रेमबहाद्ु्र शाहीलाई फोन गर्दा ब्याकगराउण्डमा घटना स्थलमा आत्थु र ऐयाको आवाज आई रहेको थियो भने कतै ल यो मान्छे छैन शवको लाईनमा राखको आवाज आई रहेको थियो ।
सुरुमा शवको संख्या १६ पुग्यो । क्रमशः शनिवार साँझ सम्म मृतकको संख्या नेपालगञ्जमा एक सहित २३ पुग्यो । तिनै २३ वटा शव मध्येका ११ वटा शव जुम्लाका ह्ुन पुगे ।
शनिवार दाङ्गबाट नेपाली सेनाको हेलिकप्टर मार्फत ७ वटा शव ज्ुम्ला विमान स्थलमा पुराईयो । कसैले शनिवार साँझ नै शव बुझे भने कसैले आईतबार । महिलाहरु नलैजाउ मेरो छोरा मेरो बाबु मेरो भाई मेरो दाजुलाई भन्दै शव तर्फ हाम्फाल्दै र डाँको छाडेर रोए पु्रुषहरुले सम्झाउने प्रयत्न गर्दा गर्दै पनि गहभरी आँशु पारेर शव बोकेर गए ।
जुम्लाको एउटै गाउँका ६ जना
जु्रम्लाको चन्दननाथ नगरपालिकामा मात्रै ६ जना युवा युवतीले त्यस दुर्घटनामा परी ज्यान गुमाएका छन् । त्यस नगरपालिका वडा नम्वर १० का जेठाबाबु् कान्छा बाबुका दुई भाईले ज्यान हालेका छन् । २२ बर्षिय रुपेश शाही र १९ बर्षिय रितेन्द्र शाहीको आइतबार विहान अल्लो पल्लो घर दुबैको आँगनमा शव राखेर परिवाजन डाँको छाड्दै थिए ।
त्यस नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालय महतगाउँ ज्ुम्लाका शिक्षक समेत रहेका मृतकका आफन्त धर्मेन्द्र देवकोटा भन्छन्–‘माथी विमानस्थलबाट शव बुझेर ल्याए पछि गाउँमा कोलाहल मच्चीएको छ । मृतकका दुवै परिवार सामान्य परिवारका हुन् ।
प्लस टु गरेका दुबै जना रोजगारी चाँडै पाईने भएर पनि प्राविधिक पढ्दै र उज्वल भविश्यको सपना देख्दै ४५ दिन अघि हिडेका थिए तर छिट्टै शव बनेर गए । उनले कर्णाली प्राविधिक क्म्यापसबाट नाम निकालेर जाने विद्यार्थीहरु मध्ये जनता मावि महतगाउँमा कुशुम रावललाई कक्षा ११ र १२ सम्म आफैले पढाएको र उनले प्लस टु गरेर नाम निकालेर तिहार पछि मात्र उनि दाङ्ग पढ्न गएको बताए ।
कुशु्म दाङ्ग पढ्न आएको डेढ महिना पनि भएको थिएन । डेढ महिना अघि शुभ साईत पारेर बाबु आमाको हात बाट टिका थाप्दै हिडेकी उनि शनिवार साँझ निर्जिव ढुङ्गा मुढा जस्तै कोरामा बेरिएर बाबु आमा र परिवार कहाँ आईन् । आँगनमा उनको शव धेरै बेर पनि रहन पाएन ।
आमाको यस्तो विलौना
उनकी आमा भन्छिन् मेरी छोरीलाई उतिखेरै भेरीखोलामा लगे । कुशुमका बाबु हरिबहादुर रावल मन थामेर श्रीमतिलाई भुलाउँदै कुनो बार्दै थिए । उनको शव पुख्र्याैली घर जुम्ला लगिएन ।
सुर्खेतमा पछि बनाएको घरमा लगेर अन्त्यष्टि गरिएको र अहिले कुनो बार्न थालिएको बाबु हरिबहादुर रावलले बताए । थाप्लोमा हात राख्दै र गलाअवरुद्ध पार्दै रावलले भने के के न गर्छे छोरीले जस्तो लागेको थियो अहिले यस्तो देख्नु प¥यो ।
सबै आमाहरुको रोदन उस्तै
उनलाई जस्तै कलिला मुना सन्तान गुमाएको पिडा जुम्लामा ११ परिवार र उनका आफन्तमा छ । चन्दननाथ ३ का १७ बर्षिय हिक्मत बुढा, सोही नगरपालिका ३ का १६ बर्षिय देविप्रसाद उपाध्याय, सोही स्थानकी १७ बर्षिया विपना खत्री, सोही जिल्ला रारालिखी १ का १९ बर्षिय जंगबहादुर बुढा रहेका थिए ।
त्यस्तै सोही जिल्ला कनाकासुन्दर नगरपालिका १० का १९ बर्षिय बिरेन्द्र कन्दरा, चन्दननाथ १४ का १७ बर्षिय अर्जुन शाही, जितेन्द्र शाही, सोही नगरपालिका १० का २२ बर्षिय रुपेश शाही, हिमा गाउँपालिकाकी १७ बर्षिया शैलजा शाही को पनि त्यसै दुर्घटनामा परी ज्यान गएको छ ।
उनिहरु मध्ये अधिकांस जनता मावि महतगाउँका विद्यार्थी थिए । त्यसबारे सोही विद्यालय कक्षा ११ र १२ का शिक्षक उनै देवकोटा भन्छन् –‘ यस विद्यालयका उत्पादन थिए उनिहरु विद्यालय परिवार स्तब्ध भएको छ ।
दाङ्गले ६ जना गुमायो
म आएको त एक बर्ष मात्रै भयो । अरुलाई राम्ररी चिनेको छैन उनै मैले पढाएकी कु्शुम रावललाई मात्र चिन्छु । यो रिपोर्ट तयार पार्ने बेला सम्म जुम्ला पछि होनहार य्ुवा धेरै गुमाउनेहरुमा दाङ्ग परेको छ । शिक्षक सहित दाङ्गले ६ जना युवाहरु गुमाएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्वर १७ का २८ बर्षिय प्रदिप घिमिरे शिक्षकका रुपमा मात्र नभएर युवा समाज सेवी र होनहार युवाका रुपमा परिचीत थिए । उनले दाङ्गका हरेक कार्यक्रमहरुमा सहयोग पु¥याउँथे । शैक्षिक क्षेत्रमा बढि लगाव थियो । रुक्ुम भ्ुमे ६ का अर्का २६ बर्षिय शिक्षक नरेश वली दाङ्ग मै डेरा गरेर श्रीमान श्रीमति र दुई बर्षिया छोरी संग बसेर पढाउँदै थिए ।
श्रीमतीको विलौना
उनको श्रीमतिको विलौनाले जो कोहीलाई आँशु थाम्न गाह्रो थियो । ‘हे.. मेरो.. हजुर.. मलाई किन एक्लै पारेर जानु भयो, यो छोरीले अब बाबा कसलाई भन्ने…? उनको यस्तो विलौनाले सारालाई रुवाई रहेको थियो । शिक्षक वलीका दाजु सर्कबहादुर वली घुँडामा टाउको राखेर बुहारीलाई सम्झाउँदै थिए तर आफु नै थामिन सकेनन् ।
त्यो नै बन्यो अन्तिम बाईबाई
अर्का शिक्षक घिमिरेका आफन्तजन, साथी संगीको रुवावासीको भिड प्रहरीलाई थेगी साध्य थिएन । १७ बर्षिय छोरा बिरेन्द्रलाई गुमाएका घोराही नगरपालिका –१४ का ्रामबहादु्र जिएमले सल्यान जाँदै छौं बाबा भने पछि शु्क्रबार विहान आफैले मोटरसाईकलमा क्याम्पस सम्म पु¥याएको बताए ।
म साँझ आउँछु आई पुग्छु भन्दै बाईबाईको हात हल्लाएका विरेन्द्र जिएमको त्यो बाईबाईको हात हल्लाई सधैका लागि अन्तिम बन्न पुग्यो ।
शनिवार विहान छोराको शव बुभ्mन राप्ती अञ्चल अस्पतालको शव गृहमा गहभरी आँशु पार्दै कुरिरहेका बाुबु जिएम भन्छन् –‘ हिजो सल्यानको जंगलमा प्राक्टिकल गर्न जाँदै छौं बाबा भन्यो र मोटर साईकलमा त्यस्तै साढे छ बजे देखि ४० मिनेटको विचमा क्याम्पस नजिकै लगेर छाडेको हुँ साँझ चाँडै आउँछु बाबा भन्दै थियो, अहिले यस्तो देख्नु प¥यो ।’
तीन छोरी र उनि एक मात्र छोरा भएको जिएमले उनकी आमालाई र दिदी वहिनीहरुलाई सम्हाल्न गाह्रो भएको बताए । अघिल्लो दिन उनले सल्यानबाटै काकालाई फोन गरेर अंकल म अहिले सल्यान आएको छु घर साँझ चाँडै आउँछु है भनेर फोन समेत गरेका थिए ।
यसरी झुक्क्याए उनीहरुले
उनि सहित सबैले झुक्काए छक्काए छाँगाबाट खसे जस्तो बनाए परिवारलाई । चाहे ति २० बर्षिया दाङ्ग बबईकी कबिता खत्री ह्न् वा जाजरकोट भेरीगंगाका १७ बर्षिय आतिस नेपाली, कञ्चनपुर कृष्णनगरका खेमराज भट्ट, दाङ्ग दङ्गिशरणका संजित रतगैया, घोराहीका २६ बर्षिय मदन खत्री जो बस चालक थिए । तु्ल्सीपुरका गणेश बिश्वकर्मा सह–चालक थिए । गाउँमा गोविन्द भनेर चिनिने बिकले विवाहको एक हप्ता नपुग्दै नवदुलहीको सिउँदोबाट सिन्दुर पुछाउनु परेको छ ।
उनले घोराहीबाट कमलालाई मंसिर २९ गते विवाह गरेर ल्याएका थिए । डोल्पाका गजेन्द्र ऐडी, बझाङ्गका महेश जिसी, वाजुराका लोकेन्द्र रावत लगायत सबैजसो १६ बर्ष देखि बढिमा २२ बर्षका थिए । जुन मुनाहरु अझ भनौं बाल्यकाल देखि परिवार र विद्यालयले ठुलो मेहनत र खर्च गरेर उत्पादन गरेका होनहार प्रतिभा र क्षमतालाई नियतिले चुँडेर लगेको छ ।