राष्ट्रिय मेलमिलाप दिवस मनाउन कांग्रेसले खटायो देशभर प्रतिनिधि

को कहाँ खटिए ?

काठमाडौं– नेपाली कांग्रेसले भोलि अर्थात पुस १६ गते ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाउँदैछ । कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको आठ वर्षे निर्वासनपछि नेपाल फर्केको दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
२०२५ सालमा भारत निर्वासनमा गएका वीपी कोइराला २०३३ साल पुस १६ गते राजतन्त्रवादी र प्रजातन्त्रवादी एकजुट हुनु पर्छ भन्दै स्वदेश फर्किएका थिए । वीपीसँगै गणेशमानसिंहलगायतका नेता स्वदेश फर्किएका थिए । वीपीको मेलमिलाप नीतिको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यस वर्ष भने कांग्रेसले ७७ वटै जिल्लामा सो दिवस मनाउने भएको छ । त्यसका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।
नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यरुपले मनाउने निर्णय गरेको थियो । सो दिन विभिन्न प्रभावकारी कार्यक्रमहरू, आमसभा, गोष्ठी, ¥याली, कोणसभा लगायतका व्यापक र वृहत रुपमा सञ्चालन गरी मनाउने पार्टीले जनाएको हो ।
को कहाँ खटिए ?
ताप्लेजुङ – सुजाता परियार
पाँचथर – डा. डिला संग्रौला
इलाम – महेन्द्र यादव
झापा – कृष्णप्रसाद सिटौला
संखुवासभा – मानबहादुर विश्वकर्मा
तेह्रथुम –भीष्मराज आङ्दम्वे
भोजपुर – अमृत अर्याल
धनकुटा – सरिता प्रसाई
मोरङ – डा. प्रकाशशरण महत
सुनसरी – महेश आचार्य
सोलुखुम्बु – कल्याणकुमार गुरुङ
खोटाङ – केशवकुमार बुढाथोकी
ओखलढुंगा – बलबहादुर के.सी.
उदयपुर – आनन्दप्रसाद ढुंगाना
सप्तरी – डा. मिनेन्द्र रिजाल
सिरहा – विमलेन्द्र निधि
दोलखा – किशोरसिंह राठौर
रामेछाप – किरण यादव
सिन्धुली – पुष्पा भुसाल
धनुषा – धनराज गुरुङ
महोत्तरी – सीतादेवी यादव
सर्लाही – डा. शेखर कोइराला
रसुवा – शिवप्रसाद हुमागाँई
नुवाकोट – रमेश रिजाल
धादिङ – डा. रामशरण महत
काठमाडौं – शेरबहादुर देउवा
संयोजन—ध्यानगोविन्द रञ्जित
भक्तपुर – ईश्वरी न्यौपाने
ललितपुर – उमाकान्त चौधरी
काभ्रे – अर्जुननरसिंह के.सी.
सिन्धुपाल्चोक – अम्बिका बस्नेत
मकवानपुर – गुरूराज घिमिरे
रौतहट – फर्मूल्लाह मंसुर
बारा – महालक्ष्मी उपाध्याय ‘डिना’
पर्सा – प्रकाशमान सिंह
चितवन – ज्ञानेन्द्रबहादुर कार्की
गोरखा – रामचन्द्र पौडेल
मनाङ – सिता गुरुङ
लम्जुङ – शंकर भण्डारी
कास्की – पूर्णबहादुर खड्का
तनहुँ – कमला पन्त
स्याङजा – अर्जुनप्रसाद जोशी
गुल्मी – रामकृष्ण यादव
पाल्पा – डा. नारायण खड्का
अर्घाखाँची – देवेन्द्रराज कँडेल
नवलपुर – सुरेन्द्रराज पाण्डे
नवलपरासी – दिलबहादुर घर्ती
रुपन्देही – गोपालमान श्रेष्ठ
कपिलवस्तु – बालकृष्ण खाँण
मुस्ताङ – चित्रलेखा यादव
म्याग्दी – जीवन परियार
बाग्लुङ – हरिप्रसाद नेपाल
पर्वत – दिपक गिरी
रूकुम (पूर्व) – बालकृष्ण पाण्डे
रूकुम (पश्चिम) – शिला शर्मा खड्का
रोल्पा – बीरबहादुर बलायर
प्यूठान – रत्न शेरचन
सल्यान – पार्वता डी.सी. चौधरी
दाङ – मोहनबहादुर बस्नेत
डोल्पा – जीवनबहादुर शाही
मुगु – हसन अन्सारी
जुम्ला – गगनकुमार थापा
कालिकोट – लक्ष्मी परियार
हुम्ला – बहादुर सिंह (लामा) तामाङ
जाजरकोट – प्रदीप पौडेल
दैलेख – गोविन्द भट्टराई
सुर्खेत – श्यामकुमार घिमिरे
बाँके – मीन विश्वकर्मा
वर्दिया – डा. चन्द्र भण्डारी
बाजुरा – दिलेन्द्रप्रसाद बडू
अछाम – हृदयराम थानी
बझाङ – आनन्द (गोरख) विष्ट
डोटी – नविन्द्रराज जोशी
कैलाली – रमेश लेखक
दार्चुला – बद्रीप्रसाद पाण्डे
बैतडी – अतहर कमाल मुसलमान
कञ्चनपुर – अजयकुमार चौरसिया
डडेल्धुरा – एन.पी. साउद