पाँच हजार घुससहित दुईजना पक्राउ
काठमाडौं- घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पाँच हजार घुससहित पन्त र अर्का विचौलिया खगेन्द्र बोहोरालाई पक्राउ गरेको हो ।
पन्तले सोही कार्यालयमा विचौलियाको काम गर्ने खगेन्द्रले काम गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।
उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै स्रवाग्राहीबाट घुस लिएका थिए ।