प्रश्न गर्न पाउनुपर्छ ,नदिएसम्म सदन चल्न नदिने गगनको चेतावनी
काठमाडौं – सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कारवाही अघि बढन नदिने चेतावनी दिएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कार्वाही अघि बढन नदिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली काँग्रेसका सांसदहरुले प्रश्न गर्न अनुमति दिन माग गरेका थिए । तर सभामुख महराले अनुमति नदिएको भन्दै काँग्रेस सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
सदन स्थगित गएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले तथ्यांङक नै तोडमोड हुने गरी वक्तव्य दिएको उल्लेख गर्दै सो सम्बन्धमा प्रश्न गर्न खोज्दा सभामुखले सरकारको बचाऊ गरेको आरोप पनि लगाए । सांसद थापाले सभामुखले कुनै एक पार्टीको पक्ष लिएर प्रश्नका लागि अनुमति दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । थापाले सभामुख महरालाई कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहन पनि आग्रह पनि गरे ।सभामुखले हुकुमी शैलीमा सदनमा प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएको सांसद थापाको आरोप छ