सरकारले निःशुल्क गरे पनि खर्च अभावमा मृत्यु कुर्दै मृगौला पीडित

गुल्मी । २०७१ सालदेखि मृगौला फेल भई विभिन्न अस्पतालमा डायलोसिस गराउँदै अहिलेसम्म बाँचेका गुल्मीको मुसिकोट नगरपालिका–३ चुँदरीगाउँका लक्ष्मण सुनार अब भने मृत्यु कुर्न शिवाय अर्को विकल्प नरहेको बताउँछन् ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा छोराको उपचार गराइरहेका उनका बाबु हुकुमबहादुर सुनार गहभरी आँशु पार्दै भन्छन्–‘भए जत्तिको सम्पत्ति सकिनै लाग्यो, ऋण–धन गर्ने ठाउँ पनि सकियो ‘केही सिप नलागेर विभिन्न नेता र जनप्रतिनिधीहरुलाई भनेर छोराको मृगौलाको अप्रेशन (मृगौला फेर्ने) सरकारबाट निःशुल्क त बनाईयो तर अहिले काठमाडौंसंम्म पुग्ने र त्यहाँ बसुञ्जेलको खर्च समेत छैन ।’
‘घर जग्गा बैंकमा राखेर ऋण लिएदेखि पत्याउने हरेक व्यक्तिसँग ऋण लिई हालसम्म छोरालाई बचाउँदै त आएको थिएँ’– उनले थपे–‘अब भने मेरो केही सिप नलागेर सञ्चार माध्यमको शरणमा पर्दैं सवैसँग मेरो छोराको जीवन रक्षाका लागि सहयोगको हात फैलाउन विवश छु । ’
अहिलेसम्म करिव १७ लाख खर्चिएका उनी सदरमुकाम आउने खर्च समेत नभएका कारण छिमेकीसँग सापटी लिएर आएको बताए । मृगौला पीडित उनका छोरा २३ वर्षीय लक्ष्मण विवाहित हुन् । उनका पाँच वर्षीय एक छोरा छन् । उनकी श्रीमती विनु सुनार गहभरी आँशु् पार्दै भन्छिन् –‘यो बच्चाको मु्ख हेरेर भए पनि आफुसक्य सहयोग गरेर मेरो श्रीमान् बचाई दिनुस् ।
पीडित सुनारको उपचारार्थ मुसिकोट नगरपालिकाले २० हजार रुपैयाँ सहयोग ग¥यो । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले त्यो परिवारको उपचार गर्ने अरु उपाय नभएका कारण ति युवकको जीवन रक्षार्थ सबैले सहयोग गर्नका लागि नगरपालिकाको सिफारिस पत्रसहित अनुरोध गरेका छन् ।
भएको सबै सम्पत्ति छोराको उपचारमा खर्च भएपछि अहिले ५ जनाको परिवारमा खान खर्चको समेत अभाव हुन थालेको बताउँदै लक्ष्मणकी आमा वसन्ती सुनार मिल्ने भए आफ्नो मृगौला बेचेर पनि छोरा बचाउन चाहेको बताउँछिन् । मृगौला प्रत्यारोपणका लागि उनकी श्रीमती, आमा, बाबु र परिवारका हरेक सदस्यले आफ्नो मृगौला दिन तयार छन् ।
अब धेरै खर्च पनि लाग्दैन करिव साढे तीन लाख जति लागे छोरालाई बचाउन सक्ने बाबु बताउँछन् । उक्त रकम जुटाउनका लागि देश विदेशमा रहेका आफन्तजन र दयावान नेपालीहरुसँग पीडित सुनार परिवारले अभियान छेडेर जिवन रक्षामा जुटिदिन अनुरोध गरेका छन् ।