राजधानीमा वैद्य माओवादीको प्रदर्शन
काठमाडौं-मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्ना नेता पक्राउको विरोध तथा वाइडबडी खरिदमा भएको भ्रष्टाचरमा संलग्नलाई कारवाहीको माग गर्दै र्याली सहित प्रदर्शन गरेको छ ।
रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको र्याली भद्रकाली, सुनधारा हुदै नयुरोडस्थित जुद्ध शालिकमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा सहभागिहरुले ‘वाइडबडी प्रकरणमा मुछिएकाहरुलाई कारवाही गर्न तथा आफ्ना नेताको रिहाइको माग गरेका थिए ।
नेपाल बायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसारकालाई मोसो दलेको अभियोगमा प्रहरीले पुस २२ गते सो पार्टीका काठमाडौ जिल्ला कमिटी सदस्य सुरेश तामाङलाई पक्राउ गरेको थियो ।