माघ १ गते सार्वजनिक बिदा
सुर्खेत-आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कानूनमन्त्री नरेश भण्डारीले बताएका छन ।
आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनाका साथै सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश युवा परिषद् गठन गर्न बनेको विधेयक, घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक र उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको बताए ।
यसैगरी कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरिनाका साथै कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाइने जानकारी दिँदै उनले आजैबाट कर्णाली प्रदेशलाई कागजबिहिन गराइएको बताए ।