चितवनको एक सहकारीबाट ५ लाख चोरी
चितवन-भरतपुरमा रहेको प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।
आइतबार सहकारी बन्द गरेर गएको र सोमबार बिहान कार्यालय खोलेर हेर्दा पाँच लाख रुपैया चोरी भएको पत्ता लागेको हो ।
सहकारी अध्यक्ष कतिलाका अनुसार,’ पैसा राखेको भल्ट (सेफ) नै फोडेर चोरी भएको छ। अफिसमा सिसी क्यामेरा पनि थिए। तर सबै सिसी क्यामेरा र कन्ट्रोल बक्स नै चोरिएको छ ।’
केही समययता चितवनका सहकारीमा चोरीका घटनाहरु बढेका छन्। छ महिनायता नौवटा सहकारीमा चोरी भएको जिल्ला बचत तथा ऋया सहकारी संस्थाले जनाएको छ।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीलेजनाएको छ ।