न खाने खर्च न बाबु आमाको साहराः र पनि डाक्टर बन्ने चाहना

गुल्मी । चिसोले मुख सुनिएको छ । यो जाडो मौसममा शरिरमा न्यानो कपडा छैन । कसैले दिएका विजोडा चप्पल कहिलेकाहीं लगाउनु बाहेक सिरेटोमा खाली पैतला हिड्छन् । हात खुट्टा फुटेर घाउ पर्न थालेको छ । पुरै शरिर कलेटी परेको छ । नाकभरी सिंगान । बग्दै जाँदा त्यही सिंगानले घाउ पारेको छ ।
बेलामा खानु छैन । बस्ने बास समेत राम्रो छैन । साँघुरो र चिसो कोठा, अर्को कोठा भत्केर जोखिमपुर्ण छ । त्यही चिसो भुईमा फाटेको गुन्द्री ओछ्याएका, लहरा–थाङना भुल्ला–भुल्लीमा सुतेका हुन्छन् । अभिभावकका नाममा मावली घरकी डाँडामाथीको जुन जस्तै बनेकी ७५ बर्षिया हजुराअमा मात्र छन् । उनी पनि विरामी छन् । उनकै उपचार र बिहान बेलुकाको जोहो गर्न मुस्कील छ ।
आय श्रोत भनेको केवल उनको बृद्धा भत्ता हो । उनै हजुर आमा खाने कुराको जोहो गर्न लौरो टेकेर गाउँमा माग्न जान्छिन् । उनै बृद्ध हज्ुर आमाले गाउँबाट कति वेला के ल्याई दिन्छिन् भन्दै आँखा उतै तिर लगाएर बसेका हुन्छन् तिन वालवालिकाहरु ।
तिनै बालबालिका मध्येका सबै भन्दा जेठा १२ बर्षियलाई सोधियो –बाबु कति सम्म पढ्ने मन छ ? भनेर । उनको जवाफ थियो –डाक्टर कि ईञ्जिनियर बन्ने मन छ । उनकी १० बर्षिया बहिनीलाई पनि त्यही प्रश्न सोध्दा उनको जवाफ थियो कक्षा १२ सम्म पढ्ने मन छ । उनकी ७ बर्षिया वहिनीलाई भने पढाई र विद्यालय भनेको क्ुन चरीको नाम हो भने जस्तै छ ।
हुर्केका जेठो वालक कक्षा ३ सम्म पनि नियमित स्कुल जान सकेका छैनन् । असहाय र बेसहारा भएका कारण विद्यालयले काँचो कपडा त दियो तर सिलाउने उपाय नभएर थन्काएर राखेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लास्थित तिन स–साना वालवालिकाको विचल्लीको कथा उठान गर्दै छौं हामी ।
वाग्लाको विकट र एक्लो घरमा ७५ बर्षिया हेलकुमारी घिमिरे क्षेत्री आफैलाई पालन पोषण गर्ने छोरा छोरी नहुँदा बिचल्लीमा छन् । बृद्धा र विरामी हजुर आमा हेलकुमारीका दुई छोेराहरुको सानैमा मृत्यु भएको थियो । उनका श्रीमानको मृत्यु भएको पनि १९ बर्ष भयो । एकल महिला जसको सम्पत्तीका नाममा बास मात्रै छ । आफुलाई पाल्ने भनेको एउटी छोरी लक्षिमा थिईन् । जसको छिमेकी लिलाबहादुर खनाल संग झण्डै १५ बर्ष अघि बिबाह भएको थियो ।
स–साना ती सन्तानको शरिरमा गाउँवासीले दयाले दिएका फाटेका र कलेटी परेका कपडा छन् । उनिहरुले आमाको तस्वीर हेर्छन् । सुनका गहना र कुनै फिल्मकी नााियकाको जस्तो सिंगार–पटारमा सजिएकी आमाको तस्वीर देख्छन् र भक्कानो छाड्छन् । ह्ुन पनि आमाको लवाई खवाई र शौन्दर्य पनि फिल्मकी नायिकाको भन्दा कम छैन ।
खास त सुरुमा बाबुले छाडेका होईनन । भारतमा आफु खुशी स्वतन्त्र जिवन ज्य्ुँन हिडेकी श्रीमतिलाई दुई बर्ष कुरेर बसेका थिए बाबुले । तर उनले आशको निरासा पारे पछि उनले पनि अर्को बिबाह गरेर उतै भारततिर लागे । त्यस पछि बाबु आमा दुबैले गत चार बर्ष देखि मावली घरकी उनै बृद्धा र विरामी हज्ुर आमाको साथमा छाडेर बेवास्ता गर्दै आएका छन् ।
खुल्ला दिशाम्ुक्त जिल्ला र धुर्कोट गाउँपालिका रहेको हेलकुमारीको बोराले बारेको शैचालय छ । घर घरमा धारा अभियान छेडेको धुर्कोट गाउँपालिका तर उनको घरमा धारा छैन । उनि बडो मुस्कीलले ओरालोमा लौरो टेकेर पानी ल्याउन जान्छिन् । घर घरमा उज्यालो अभियान पनि छेडिएको छ । तर उनको घरमा बत्ति छैन । उनको अवस्था बारे आफुलाई पहिलो पटक सञ्चारकर्मी पुगेर मात्र थाहा भएको त्यस वडाका वडाध्यक्ष हिमप्रसाद पन्थीले बताए ।
उनले पठन पाठन, बिद्युत र धाराको काम अबको एक महिनामा पु्रा गराई दिने प्रतिबद्धता जनाए । उनिहरुको अवस्थाबारे धुर्कोट गाउँपालिका प्रम्ुख भुपाल पोखरेलको समेत ध्यानाकृष्ट गराईएको छ । छिमेकी पुष्पाञ्जली घिमिरे र उनकी हजुर आमा उनिहरुको अवस्था देखेर गहभरी आँश्ु पार्दै उनिहरुको उद्धारका लागि सवै संग सहयोगको अपिल गर्दछन् ।
अरुको घरमा घाँस काटेर पेट पाल्ने भएका मधुलाई चोरीको आरोप लगाउँदै गाउँवासीले कुट्छन् । उनि रुँदै भन्छन् मैले कसैका मोवाईल चोर्दै नचोर्दा पनि मलाई चोर भनेर कुटे । भोकाएर तीन नाति नातिना रोई रहन्छन् । बृद्धा हजुर आमा निर्मोही बनेर गाली गर्न विवस हुन्छिन् ।
बाब्ु नानीहरु माछा मासु कहिले खान्छौं ? भनेर सोध्दा हज्ु्र आमाले भत्ता बुभ्mने बेलामा ल्याउनु हुन्छ र खान्छौं भन्ने जवाफ दिन्छन् । स्कुलमा साथीहरुले कोही नभएका गरिव बुङ्गा भनेर हेप्ने गरेका कारण स्कुल जान मन नलाग्ने उनिहरु बताउँ छन् ।
भारतमा रहेकी आमा संग टोलिफोनमा सम्पर्क राख्दा उनले महिनाको ८ हजार आईसि तलव खाने गरेको बताउँ छिन । कमसेकम महिनाको दुई हजार पठाए पनि छोरा छोरीको यस्तो हविगत हुँदैन्थ्यो नि भन्ने प्रश्नमा उनले आफैलाई नपुग्ने खालको धारणा राखिन् ।
मलाई आमाले सबै कुरा लेखापढी गरेर दिएमा र भत्केको घर बनाई दिए आफु घर आउने उनको भनाई थियो । उनका श्रीमान संग सम्पर्क हु्न सकेन । गाउँवासी भन्छन् वदमास आमा हुन् । उनका बाबुले त कु्रेर बसेका थिए । उनी स्वतन्त्र हुन थालेको दुई बर्ष पछि मात्र उनले अर्को विवाह गरेर भारत गएका हु्न् ।