त्रिविले वढायो परीक्षा संचालन गर्ने कर्मचारीको परिश्रमिक दोब्बर

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनमा सहभागि हुने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ ।

त्रिवि कार्यकारी परिषदले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको हो ।

बढाइएको पारिश्रमिक अनुसार स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढाएर ८ सय, सहायक केन्द्राध्यक्षको ३ सयबाट ६ सय, पर्यवेक्षकको ३ सयबाट ६ सय, निरीक्षकको २ सय ५० बाट ५ सय पुर्याएको छ ।

त्यस्तै निरीक्षकको ३ सयबाट ६ सय, कर्मचारीको १ सय २५ बाट २ सय ५०, सुरक्षाकर्मीको ६० बाट एक सय रुपैयाँ र कार्यालय सहयोगीको ८० रुपैयाँबाट वृद्धि गरी १ सय ६० रुपैयाँ भत्ता कायम गरिएको छ ।

त्यस्तै परीक्षा शाखामा काम गर्ने कर्मचारीको पारिश्रमिक एक सयबाट वृद्धि गरी २ सय, सुरक्षाकर्मीको ६० बाट बढाएर १ सय रुपैयाँ पुर्‍याइएको छ । कार्यालय सहयोगीको भत्ता ७५ बाट बढाएर एक सय रुपैयाँ पुर्‍याइएको छ । बढाइएको पारिश्रमिक साउन ६ गतेदेखि सुरु भएका चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ ।