फुल्चोकी जंगलमा हराइरहेका ३ जनाको प्रहरीद्वारा सकुशल उद्धार

ललितपुर -गोदावरी नगरपालिका-३ फुल्चोकीको जंगलमा आइतबार घुम्न गएको अवस्थामा हराएका ३ जनालाई प्रहरीले सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

काठमाडौं नयाँबजार बस्ने नुवाकोटकी १८ वर्षीया मल्लिका तामाङ र १७ वर्षीया मुस्कान तामाङ तथा काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरीका १९ वर्षीय अभिलेख प्रसाद साह हराएको भन्ने सूचना प्राप्त भएपश्‍चात् महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गोदावरी बसपार्कबाट करिब ९ किमी टाढा फुल्चोकी जंगलको खोचमा उनीहरुलाई फेला पारेको हो ।