प्रधान न्यायाधीश सिफारिस बुधबार सम्मका लागि सर्यो

काठमाडौं- प्रधान न्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको सुनुवाइ निर्णय फेरि सरेको छ।

जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय सुनाउन सोमबार दिउँसो सिंहदरबारमा बसेको बैठक थप छलफल गर्नुपर्ने भन्दै सरेको हो ।

अब जोशीबारे निर्णय सुनाउन समितिको अर्को बैठक बुधवार दिउँसो साढे ३ बजे बस्नेछ।

गत विहीबार जोशीको सुनवाइ भएको थियो। सामान्यतया सुनवाइको निर्णय सोही दिन सुनाउने प्रचलन भएपनि यसपटक भने लम्बिएको छ। जोशीको शैक्षिक प्रमाणपत्र, कार्यशैली र प्रस्तुतिलाई लिएर सत्तारूढ नेकपा असन्तुष्ट छ।