सुनको सिक्री निल्नेलाई चोरी मुद्धा दर्ता

विराटनगर- सुनको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपाललाई चोरी मुद्धा दर्ता गरिएको छ ।

नेपालले निलेको सुनको सिक्री सोमबार दिउँसो दिसामा भेटिएपछि प्रहरीले चोरी मुद्दा दर्ता गरेको हो।

गत शनिबार ग्राहक बनेर विराटनगरमा रहेको राठी ज्वेलर्समा पुगेर उनले सुनको सिक्री निलेका थिए। एक तोलाको सुनको सिक्री निलेर नक्कली सुनको सिक्री फिर्ता गरेपछि शंकाको अधारमा सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए।

सिक्री खाएको नेपाललाई प्रहरीले पक्राउ गरी राखेको थियो र तीन दिन पछि सोमबार दिउँसो दिसामा सिक्री भेटिएपछि चोरी गरेको सवुत प्रमाण प्राप्त भएका कारण नेपाल विरुद्द चोरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।