मृत बच्चा निकाल्ने क्रममा मृत्यु

डोटी- पेटमै मृत्यु भएको बच्चा निकाल्ने क्रममा सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरको ज्यान गएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दीपायलस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मृत बच्चा निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ ।