राजदूतको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो: प्रचण्ड

चितवन-  विहीबार बिहान चितवनको भरतपुर पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सञ्चाकर्मीहरुसँग कुरा गर्दै  आजै पार्टि एकता सम्बन्धी कार्यदलबाट प्रतिवेदन बुझ्ने र एकता सम्बन्धी सबै काम छिट्टै टुङ्ग्याएर अभियानमा जाने बताएका छन्।

एकता प्रक्रियामा ढिलाई भएपनि फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने बताएका हुन्।

‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन्’ स्थानीय सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘विकास निर्माणका काममा गति लिनेे थालेको बताए ।

भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि उनले बताए। बुधबारमात्र प्रम केपी शर्मा ओलीले प्रचण्डको बक्तव्य यसबारेमा स्लिप भएको बताएका थिए।

प्रचण्डले शान्ति प्रक्रियाका बारेमा पनि चर्चा गरे। ‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन’ उनले भने, ‘सबै राजनीतिक दलहरुबीचमा सहमति छ।’

ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको बताउँदै उनले थपे, ‘शान्ति प्रक्रियासँग सम्बन्धित बिषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा छ।’

नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको बताए।