नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने : राजदुत आचार्य

काठमाण्डौ-  बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौमा आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले  नेपालको निर्यात व्यापार बढाउन आफूले त्यसै कामलाई भारतमा रहँदा  सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने नवनियुक्त राजदूत आचार्यको योजना छ ।

उहाँले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताउनु भयो ।

राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यक्ता पनि औंंल्याउनु भयो । कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदूतहरुको पनि सम्मान गरिएको थियो ।