बढुवाप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका एसपी उप्रेतीले पदबाट राजीनामा
प्रहरी प्रधान कार्यालयले शनिबार १४ एसपी र २६ डिएसपीको बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसमा रोलक्रममा रहेकाहरुलाई छुटाएर कनिष्ठ र विवादित व्यक्तिलाई पारिएको भन्दै संगठनलाई भ्रष्ट र अनैतिक बनाइएको उनको आरोप छ ।
एसपी उप्रेती अपराध महाशाखाका प्रवक्ता थिए । उनले पदबाट राजीनामा दिदैँ आफूलाई संगठनले नै अयोग्य जस्तो गरेपछि पदमा बसिरहन नैतिकताले नदिएको बताएका छन् । संगठन काम गर्ने भन्दा चाप्लुसी र चाकडी गर्नेहरुको कब्जामा परेको उनको आरोप छ ।
२०५१ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका उनी १०८ व्याचका हुन् । तर, उनी भन्दा दुई व्याच कनिष्ठलाई बढुवाका लागि सिफारिस गरिएको छ । व्याच नम्बर ११० का टेकबहादुर तामाङ, दीपक थापा, भिमप्रसाद ढकाल लगायतलाई बढुवा गर्नका लागि केहि समय अघि नियमावली नै संसोधन गरिएको थियो ।