बृुटवलमा ब्यक्ति हत्यामा कमी, अवैध यौन मामिलामा बृद्धि

बुटवल । बुटवलमा प्रदेश सरकारको उपस्थितीले मानिसहरुको चहल पहल बढे लगत्तै बहुविवाह, बलात्कार लगायत यौन मामिलाका घटना विगतको तुलनामा बढेका छन् । तर पछिल्लो ३ बर्ष यता क्रमिक रुपले ब्यक्ति हत्याको घटनामा भने कमी आएको छ । चालु आर्थिक बर्षको पछिल्ला ६ महिनामा अघिल्लो बर्षभरकै हाराहारीमा बलात्कारका घटना घटेका हुन् । यद्यपी त्यहाँको प्रहरी सबै घटनाका अभियुक्तहरु पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सफल भएको छ ।
गत श्रावण महिना देखि पौष मशान्त सम्म १४ वटा बलात्कार उद्योग र १३ वटा बलात्कार घटना सहित २७ वटा बलात्कार घटना घटेको बुटवल ईलाका प्रहरी कार्यालयबाट प्राप्त घटना विवरणमा उल्लेख छ । त्यसका अलवा एउटा अप्राकृतिक मैथुनको मुुद्धा समेत दर्ता भएको छ । १३ वटा वलात्कार मुद्धा मध्ये १२ वटा फछ्र्यौट भई सकेको र एउटा बाँकी रहेको सो कार्यालयका सुुचना अधिकृत प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । उनका अनुुसार १४ वटा वलात्कार उद्योगको मुद्धा मध्ये १० वटा फछ्र्र्यौंट भई सकेको र ४ वटा बाँकी रहेका छन् ।
जवकी आर्थिक बर्ष २०७४÷०७५ को बर्ष भर १५ वटा बलात्कार र १३ वटा बलात्कार उद्योगका मुद्धा दर्ता भएका थिए । त्यसको अघिल्लो बर्ष १५ वटा बलात्कार र १७ वटा बलात्कार उद्योगका घटना दर्ता भएका थिए । तर यस आर्थिक बर्षको ६ महिनामै अघिल्लो तीन प्रति बर्षकै हाराहारीमा बलात्कार घटनामा बृद्धि भए पछि बुटवल नगरीमा महिला थप असुरक्षित भएको घटना विवरणले पुष्टि गर्दछ ।
ब्यक्ति हत्यामा कमी–सुखद् पक्ष
पछिल्लो ३ बर्षको ब्यक्ति हत्या घटना बिबरण हेर्दा यस बर्षको ६ महिना सुखद् पक्ष रहन गएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा १३ वटा ब्यक्ति हत्याका घटना बुटवल ईलाका प्रहरी कार्यालयमा दर्ता भएका थिए । त्यसका आरोपी सबै पक्राउ परी कानुनी कठघरामा उभ्याईएका थिए ।
दोश्रो अर्थिक बर्ष २०७४÷०७५ मा दोब्बर घटेर ७ वटा मात्र ब्यक्ति हत्याको घटना घटे र आरोपी पनि सबै पक्राउ परी मुद्धा फछ्र्यौट गरियो । यस आर्थिक बर्षको ६ महिनामा एउटा पनि ब्यक्ति हत्याका घटना त्यस कार्यालयमा दर्ता भएका छैनन् । पछिल्ला २ आर्थिक बर्षमा प्रति बर्ष ८ ÷८ वटा ज्यान मार्ने उद्योग सम्वन्धि मुद्धा दर्ता र फछ्र्यौट भएकोमा यस आर्थिक बर्षको पछिल्लो ६ महिनामा त्यस्तो मुद्धा एउटा पनि परेको छैन ।
पछिल्लो ३ बर्षका यस्ता खाले सबै मुद्धा फछ्र्यौट भई सकेको सो कार्यालयका प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए । ‘म आई सके पछि घटेका बलात्कार, हत्या–हिंसा र अन्य अपराध घटनाका आरोपीहरु सबै पक्राउ गरी कानुनी कठघरामा उभ्याई सकिएको छ, डिएसपी मल्लले भने जनघनत्व बढे संगै अपराधिक घटना बढे होलान् तर कुनै पनि अपराधि उम्कीन सकेको छैन ।’
कसरी भयोे ब्यक्ति हत्यामा कमी ?
गुण्डा नाईकेहरु र डरलाग्दा घटनाका अपराधीहरुलाई पक्राउका क्रममा प्रहरीले ईन्काउण्टर सुरु ग¥यो । त्यस बाट शहरमा गुण्डा नाईके र अन्य अपराधिक गिरोहहरुको सञ्जाल तितर–वितर हुन थाल्यो । केहि बर्ष अघि सम्म साँझ परे पछि सडकमा चुल्ठे–मुन्द्रेहरुको बिगबिगीले सर्वसाधारणलाई बाहिर निस्कन डर त्रास हुन्थ्यो । अहिले त्यस्तो गिरोह बजारमा कमै मात्रामा संगठित छन् ।
ब्यक्ति हत्या र लुटपाटमा कमी आउनुमा पहिलो कारण यहि मान्न सकिन्छ । दोश्रो कारण ः ठेक्का पट्टामा गुण्डा प्रयोग र रिस साँधासाँधको अन्त्य ग¥यो अनलाईन सिष्टमले । यो सिस्टम सुरु भए पछि हिजो गुण्डागिरीबाट जिविका चलाउनेहरु मध्ये अधिकांस अहिले उनै ठुला ठेकेदारको डोजरका पछि लाग्न थाले । तेश्रो कारण ः विगतको जस्तो अपराधिक घटनामा राजनीतिक दलको संरक्षण कमै रहंन थाल्यो ।
गुण्डा नाईकेहरुलाई समेत राजनैतिक दलको भर हुन छाड्यो । प्रहरी संगठनलाई पनि राजनैतिक हस्तक्षेप कम मात्रामा हुन थाल्यो । अपराधी पत्ता लगाउन प्रहरीको सक्षमता र नयाँ प्रविधिको विकास पनि बढ्यो । बर्षौं पुराना फरार अभियुक्त पनि धमाधम पक्राउ पर्न थाले पछि मानिसहरु हिंस्रक मानसिकता त्याग्दै जान थालियो ।
चौथो कारण ः हिजो आफुलाई ग्याँङ्ग स्टार, डन भन्न रुचाउनेहरु पछिल्लो चरण विभिन्न राजनैतिक दलमा लागेर नैतिक, सामाजिक रुपले प्रशिक्षित र जिम्मेवार हुन थाले । ५औं कारणः रोजगारी र स्वरोजगारीको माध्यम पनि बिगतको भन्दा बढ्यो । ब्यबसायीक कृषि, पशुपालन, अन्य ब्यवसाय र बैदेशिक रोजगार समेतले युवाहरुलाई समृद्धि तर्फ डोरायो ।
संहिता लागू भए पनि परस्त्री संगतमा कमी आएन
भदौं १ गते देखि मुलुकी संहिता लागु भयो । दोश्रो बिबाह स्वतः बदर, पहिला भन्दा कडा कार्बाही हुने भए पछि अब भने बहुविवाह गर्न पुरुषहरु डराउने भए भनिदै थियो । तर पछिल्लो ६ महिनामा बुटवल ईलाका प्रहरी कार्यालयमा मात्रै ९ वटा बहुविवाहका मुद्धा दर्ता भएका छन् ।
जबकी पछिल्ला दुई प्रति बर्ष भर १५ वटा बहुविवाहका मुद्धा दर्ता भएका थिए । यो पछिल्लो तथ्याङ्कले विगतको भन्दा बहुविवाहका दोब्बर मुद्धा बढ्ने देखाएको छ । प्रदेश ५ का अन्य जिल्लाहरुमा पनि यहि संख्यामा बहुविवाहका मुद्धा दर्ता भई रहेको जनाईएको छ ।
जेठी देखाउने कान्छी लुकाउने चलन बढ्यो
हामीलाई प्राप्त जानकारी अनुसार मुलुकी संहिता लागु भए देखि बुटवल, भैरहवा, पाल्पा, दाङ्ग, नेपालगञ्ज, कपिलवस्तु लगायतका ठुला शहरमा केहि ठुला ब्यवसायी र अन्य पेशाबाट पैसावाला बनेकाहरुले भदौं अघि जेठी श्रीमतिलाई जलनमा पार्ने गरी देखाउन चाहेकाहरुले पनि कान्छि श्रीमति अहिले धमाधम लुकाएर राख्न थालेका छन् ।
पाल्पामा दुई प्रतिष्ठित ब्यवसायीहरुले जेठी श्रीमतिलाई दमनमा राखी दुई कान्छि श्रीमति लुकाएर राखेको चर्चा यति बेला चुलिएको छ । गुल्मीका दुई ब्यवसायीहरुले पनि एउटाले नारायणघाट त अर्काले बुटवलमा कान्छि श्रीमति लुकाई राखेको जेठी श्रीमति पक्षधरले बताएका छन् ।
‘गर्लफ्रेण्ड’का नाममा अस्थाई श्रीमतीहरु
भैरहवा र बुटवल नगरीमा एकथरी महिलाहरु गर्लफ्रेण्डका नाममा पेशेवर अस्थाई कान्छि श्रीमति बन्ने गरेको समेत पाईएको छ । बेला बेलामा आबश्यक पर्ने रकम दिन सक्नेहरुले त्यस्ता महिलाहरुको मोहमा फस्ने गरेको जानकारहरु बताउँ छन् ।
‘उनिहरु सम्पत्ति र अन्य ठुलो आर्थिक लालच पनि राख्दैनन् । जेठी श्रीमतिलाई तनाव दिने पनि गर्दैनन्’– एक भुक्तभोगीले भने –‘खान–पिन र कहिले कसो खाँचो पर्दा केहि रकम दिए किस्सै खत्तम हुने भएकाले लभ–सवको चक्करमा लागेर तनाव सिर्जना गर्नु छैन, त्यसै ठिक छ ।’ उनका अनुसार अवैध देह ब्यापारको धन्दा चलाउनेहरुको पनि यी शहरहरुमा कमी छैन ।