आईतबारदेखि आन्दोलनको स्वरुप फेरिने: सरकारी चिकित्सक संघ
काठमाडौं- कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक-पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेको भन्दै आईतबारदेखि आन्दोलनको स्वरुप फेरिने सरकारी चिकित्सक संघले जनाएको छ ।
कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै चिकित्सकहरुले गएको आईतबार माघ २७ देखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेका थिए । दोस्रो पटकको शान्तिपूर्ण धर्ना सुरु गरेको आज शुक्रबार ६ दिन बितिसक्दा पनि सरकारले चिकित्सकको मागलाई बेवास्ता गरेको कारण अब कडा आन्दोलनमा जाने सरकारी चिकित्सक संघको भनाई छ ।
शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले माग सम्बोधनको बेवास्ता गरेपछि आईतबारदेखि ओपिडी सेवा बहिस्कार गर्ने या सामुहिक राजीनामा दिने दुईमा एक हुने संघका केन्द्रीय अध्यक्ष डा.दिपेन्द्र पाण्डेले बताए ।