पर्यटन बोर्डमा दुई सदस्य नियुक्त

काठमाडौ-  नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले धादिङकी धमला र पोखराका पौडेललाई बोर्डमा नियुक्त गरेका हुन्। विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध धमला लाङटाङ री ट्रेक एक्सिपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुन्।

त्यसैगरी व्यवसायी पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटको अध्यक्षसमेत हुन्।