पार्टी एकता र सरकारका काम दुवै सन्तोषजनक छैनन् ; अध्यक्ष प्रचण्ड
धनगढी- बुधबार सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल सूकम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुरपश्चिम प्रदेश वाम जनमतका हिसाबले अन्य प्रदेशभन्दा अगाडि रहेको बताएका छन्। जनयुद्धदेखि जनआन्दोलनसम्म यो प्रदेशको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सुदूरपश्चिम विश्वविद्यालयको स्थापनालगायतका काम अगाडि बढाएको उनले दावी गरे।
उनले नेकपाले पहिलोपल्ट सुदूरपश्चिमबाट कायकर्ता भेलाको सुरुवात गरेको भन्दै उनले यसले नयाँ सन्देश दिने समेत बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी एकता र सरकारका काम दुवै सन्तोषजनक नभएको जनगुनासो बढीरहेको भन्दै त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए।