विद्युत चोरीमा संलग्न १३ जना पक्राउ

राजविराजः सप्तरीमा जारी रहेको विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत सोमबार १३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न ठाउँमा आज गरेको अनुगमनका क्रममा विद्युत् चोरी गर्ने १३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट एक थान विद्युतीय मिटर, एक थान पंखा र एक थान एलईडी टिभी बरामद गरिएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न उनीहरुलाई विद्युत ऐनअनुसार रु. १५ हजार ५०२ जरीवाना असुल गरी छाडिएको छ ।