अध्यक्ष द्वयको राजनीतिक स्वार्थ बाँझिन जाँदा नेकपाको कार्यदल भंग

काठमाडौ-  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चर्किदै गइरहेको छ । गत जेठ ३ गते केन्द्रीय रुपमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो ।

पार्टीका तमाम जनवर्गीय संगठन, स्थानिय तह, जिल्ला लगायतका कमिटीको एकिकरणको प्रक्रियाले पूर्णता पाउन सकिरहेको थिएन । दुई अध्यक्ष मात्रले पार्टी हाँकी रहेको अबस्थामा नेकपाको पूर्ण एकता गर्दै पार्टीलाई चलायमान बनाउन पार्टी कार्यकर्ताले चर्काे दवाब दिदैं आएका थिए ।

सोही दवाब पछि पार्टीको स्थायी समितिको बैठकले गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यदल गठन गर्यो ।

उक्त कार्यदलमा दुई अध्यक्षको राजनीतिक स्वार्थ बाँझिन जाँदा कार्यदल निर्णयमा पुग्न सकेन् । तत्पश्चात सचिवालयको बैठकले कार्यदललाई प्रगती सहितको प्रतिवेदन बुझाउन निर्देशन दियो ।

फेरि पनि कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा फागुन ९ गते कर्यदल र सचिवालयको बैठक पनि निर्णयमा पुग्न नसक्दा अध्यक्ष एवम प्रधानमन्त्री ओलीले कार्यदल भङ्ग गर्ने प्रस्ताव राख्न पुगे ।

कार्यदलका सदस्यहरुले विमती राख्दा राख्दै शुक्रबार विहान बसेको बैठकले कार्यदल भङ्ग गर्नै निर्णय गरेको छ । प्रधानमन्त्री ओली अल्पमतमा परे पछि औचित्यहिन बन्न पुगेको कार्यदल भङ्ग सँगै नेकपामा नयाँ शक्ति संघर्ष चुलिएको मानिदैंछ ।