सेमेस्टरसँगै क्याम्पसमा विद्यार्थी शून्य

इलाम- त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि पूर्वीपहाडका सरकारी क्याम्पस विद्यार्थी शून्य भएका छन्।

सेमेस्टर प्रणालीमा भर्ना हुँदा ८० प्रतिशत हाजिर पुग्नुपर्ने, कक्षा कार्यकलापको आधारमा मूल्यांकन गरिनेजस्ता नियम भएकाले विद्यार्थी आकर्षित नभएका हुन्।

सम्बन्धित क्याम्पसले ४० प्रतिशत र डिनको कार्यालयले ६० प्रतिशत अंकको मूल्यांकन पद्धति सेमेस्टर प्रणालीमा छ। स्नातकोत्तर तहमा अध्ययन गर्ने बहुसंख्यक विद्यार्थी जागिर खाने, व्यवसाय गर्ने भएकाले पनि सेमेस्टरमा क्याम्पस विद्यार्थीविहीन भएको नयाँ पत्रिकाले आजको समाचार बनाएको छ ।