राष्ट्रिय सभागृहमा सीके राउत र प्रधानमन्त्रीको संयुक्त सम्बोधन हुने
काठमाण्डौ – हिजै मात्र सर्वाेच्च अदालतकाे आदेशपछि रिहा भएका डा.सीके राउत आज राजनीतिक सहमति गर्दैछ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित अन्य नेताहरुकाे पनि उपस्थिति रहने बताइएकाे छ ।
पृथकतावादी गतिविधि गरिरहेका सीके राउतले अब अखण्ड नेपाल स्वीकार गर्दै मूलधारको राजनीतिमा लाग्ने घोषणा गर्नसक्ने सम्भावना रहेको छ ।
आफूहरु कहिल्यै अखण्ड नेपालको विरोधमा नभएको गठबन्धनका सह–संयोजक महतोले बताए ।
राष्ट्रिय सभागृहमा हुने सम्मेलनमा प्रधानमन्त्री पनि आउने भनेर विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै उनले आफूहरुको सम्मेलनमा प्रधानमन्त्री आउने कुरा जानकारी नभएको बताए ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रिय सभागृह विशेष महत्वको विषयमा सम्बोधन गर्ने बताए ।
‘राउतका बारेमा थाहा भएन, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीज्यूले दिउँसो १ बजे राष्ट्रिय सभागृह विशेष महत्वको विषयमा सम्बोधन गर्दै हुनुहुन्छ ।’
आधिकारिक रुपमा दुवै पक्षले केही नबताए पनि मधेशमा पृथकताबादी गतिविधी सञ्चालन गरिरहेका सीके राउतले अब मूलधारको राजनीतिमा आउने घोषणा गर्नेछन् । यसअघि मधेस टुक्राउने भन्दै राउतले मधेशमा विभिन्न कार्यक्रम गर्दै आएका थिए ।