राैतहटमा नेकपाको आमसभा, अध्यक्षद्वयले सम्बोधन गर्ने
रौतहट- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ । नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आमसभालाई नेकपा अध्यक्षद्वय सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको लजानकारी दिएका छन् ।
मधेशको मुुद्धामा पार्टीको धारणा र प्रदेश २ मा नेकपामाथि विभिन्न दलद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिन आमसभा आयोजना गरिएको नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभुु साहले बताए ।
रौतहटेली जनताले ओलीलाई जिल्लाको दक्षिणीभेग ईनरवारी गाँउ हाल बौधीमाई नगरपालिकामा लामोसमय सम्म सेल्टरको रुपमा राखेकाले पनि उनको ऐतिहासिक कर्मथलो रौतहट भएको साहले बताए ।
२०२८ सालको झापा बिद्रोह पछि ओलीले इनरवारी स्थित एकजना किशान नेता गेना पटेलको घरमा लामो समय बिताएका थिए ।
संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा नगरेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।
आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।