चन्दको हिंसा चन्दा असुलीको माध्यमः मन्त्री ज्ञवाली
प्रेम सुनार
गुल्मी । गुल्मी क्षेत्र नम्वर १ का जनप्रतिनिधीहरुलाई सम्वोधन गर्न शुक्रवार गृहजिल्ला गुल्मी आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लव समुहबाट राजनितीक आवरणमा गरिएको हिंसा चन्दा अशुलीको माध्यम बनेको अरोप लगाएका छन् ।
कसले चन्दा दियो कसले दिएन भन्दै गरिने हिंसा राजनैतिक आवरण मात्रै हो उनले भने त्यस्ता गतिविधीले अन्तराष्ट्रिय लगानीकर्तालाई समेत तर्साउन खोजिएको छ, यसबाट मुलुकको हित हुँदैन र सरकारले त्यस्ता गतिविधी गरिरहन दिदैन ।’ उनले त्यस्ता हिंसात्मक गतिविधीले केहि मानिसहरुलाई केहि समय जुर्मुराउने बनाए पनि धेरै दिन नटिक्ने बताए । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिंसाको राजनीति परित्याग गर्न अपिल पनि गरेका छन् ।
उनले सो पार्टीलाई हिंसाको बाटो गलत भएको भन्दै तुरुन्त त्यो बाटो परित्याग गर्न आग्रह गरे । १० बर्षे जनयुद्धले १७ हजार मानिसको ज्यान लिएको स्मरण गर्दै उनले सीमित ब्यक्ति वा समुूहको आत्मा तुष्टिका लागि रोजिएका हिंसाका बाटाहरु किमार्थ पनि उचित छैन म बिशेषतः युवाहरुलाई वहावमा नलाग्न अनुरोध गर्छु ।
उनले केहि दिनअघि नख्खुमा एक जना बाटो हिडिरहेका सर्वसाधारणको जसरी ज्यान लिईयो, अब त्यस्तो हु्न नदिन सरकार कडा ढंगले प्रस्तु्त हुने चेतावनी समेत दिए । विप्लव माओवादीप्रति के सरकार आक्रामक बन्दै गएको हो ? भन्ने जिज्ञासामा ज्ञवालीले भने–‘अहिले सरकार आक्रामक छैन पहिले आग्रह गर्दछौं यदि आग्रहलाई बेवास्ता गरि ध्वंसात्मक गतिबिधिहरु भए सरकारलाई मान्य हुने छैन ।
मन्त्री ज्ञवालीले कैलाली घटनामा अदालतबाट दोषी ठहरिएका सांसद रेशम चौधरीको विषयलाई लिएर राष्ट्रिय जनता पार्टीलाई पनि उत्तेजित नहुन आग्रह गरेका छन् ।
‘सम्मानित अदालतको आदेशलाई पालन गनर््ु पर्छ, हामीले न्यायालयको स्वतन्त्र भुमिका चाहन्छौं र संविधानले पनि त्यही भु्मिका दिएको छ मन्त्री ज्ञवालीले भने–‘ चित्त नब्ुझे पुनरावेदन जाने ठाउँ छँदैछ, सांसद रेशम चौधरीका विषयमा अदालतले जुन फैसला गरेको छ त्यसलाई पालना गर्नु पर्छ, अनाबश्यक रुपमा प्रतिकृयात्मक नहुन म राजपा नेपाललाई अनुरोध गर्दछु्, यसमा धेरै रियाक्टिभ हु्न जरुरी छैन ।
उनले राजापाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कु्रा सुनेको बताउँदै उसले समर्थन फिर्ता गर्दा गणितीय हिसावले फरक नपर्ने भए पनि सरकार सबैसंग मिलेर जान चाहेकोले अदालतको बिषयलाई लिएर सरकारसंग त्यस्तो टकराव नगर्न आग्रह गरे ।
मन्त्री ज्ञवालीले सरकारको बचाउ गर्दै पहिलो बर्ष कानु्न, संघीय संरचना र समृद्धिको जग निर्माण गरेको, दुई छिमेकी देश भारत र चिनसंगको सम्बन्धलाई बलियो बनाएको र अमेरिका लगायतका मुलुकसंग नेपालको छबिलाई चिनाउन सफल भएको दावी गरे । छिमेकी देशहरु भारत र चिनसंग नेपाललाई रेल मार्गबाट जोड्ने कार्य भईरहेको भन्दै नेपालको ब्यापारलाई थप मजबुद् बनाउने बिश्वास पनि ब्याक्त गरे ।
सरकारले अहिले आर्थिक बिकासको जग बसालेकोे भन्दै यहि जगको आधारमा नेपालमा द्रुत गतिमा बिकास गरेरै छाड्ने दाबी गरे । आगामी दिनहरुमा अब जनताले दिएको मतको आफै जनतालाई संतुष्टि प्राप्त हुने भन्दै जनतालाई निराश नहुन पनि आग्रह गरे ।