वामीको महायज्ञमा पाँच करोडभन्दा बढी संकलन

गुल्मी । वामीटक्सारमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयको ६०औं हिरक महोत्सवको अवसरमा आयोजना गरिएको श्रीमद्भागवत तथा धान–धान्याचल महायज्ञमा लक्ष्य भन्दा बढि अर्थात् ५ करोड २० लाख नगद, १० लाख भन्दा बढि मुल्य बराबरको जमिन र करिव ८ लाख मुल्य बराबरको धान संकलन भएको छ ।
‘५ करोड संकलन गर्ने लक्ष्य लिएका थियौ, महायज्ञ म्ुल समारोह समितिका संयोजक तथा मुसिकोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले भने–‘नगद मात्रै लक्ष्य भन्दा २० लाख रुपैयाँ बढि संकलन भयो, हामीले सोचे भन्दा झन् बढि सफल भएकोमा असाध्यै खु्शी छौं ।’
उनले करिव १० लाख मुल्य बराबरको जमिन र ७ देखि ८ लाख मुल्य बराबरको धान समेत लक्ष्य भन्दा बढि संकलन भएको बताए । उनका अनुसार सबै भन्दा ठुलो धनराशी चन्दा दान गर्ने त्यस विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वामीटक्सार निवासी भुवन केसीले ५५ लाख २५ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेका छन् । दोश्रो ठुलो चन्दादाता मुसिकोट नगरपालिका–७ ठुलाखर्कका खिमानन्द खरेलले २५ लाख २५ हजार ५ सय ५ रुपैयाँ चन्दा दान गरेका छन् ।
त्यस्तै तेश्रो ठ्ुलो चन्दादाता वामीकै हरिप्रसाद सापकोटाको परिवारले १९ लाख ५ हजार ५ सय चन्दादान गरेका छन् । न्युनतम हजारदेखि ६ लाखसम्म चन्दादान गर्ने चन्दादाता धेरै जना भएकाले सबैको नाम पछि एकैसाथ प्रकाशित गरिने प्रधानाध्यापक बुद्धिप्रसाद शर्माले बताए ।
मुल समारोहका संयोजक काफ्ले र उप संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुवन केसीले आयोजकको तर्फबाट चन्दादातासहित हरेक क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । महायज्ञ भागवत भाष्कर पण्डित कमल नयन गौतमको प्रम्ुख वाचनमा सम्पन्न भएको हो ।
महायज्ञको फागु्न १३ गते नेकपाका प्रभावशाली नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले उद्घाटन गरेका थिए भने समापन नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसभासद् डा. चन्द्र भण्डारीले गरे ।