नेपाली क्रिकेटको कल्पनामा अङ्ग्रेजी उपन्यास

उमेरले १८ टेकेका अनिश घिमिरेले लेखेको अंग्रेजी भाषाको उपन्यास ‘अ वाक अवे फरोम होम’ ले शनिवार निकै चर्चा बटुल्यो । पुस्तकको विमोचन समारोहका प्रमुख अतिथि प्रा.डा. राजन पोखरेलले उक्त पुस्तकलाई पाठ्यक्रममै राख्नुपर्ने बताउनु भयो । विशिष्ट अतिथि चन्द्र घिमिरेले उक्त पुस्तक पहिले, अहिले र पछिका पुस्ताले पनि पढ्नै पर्ने उत्कृष्ट कृति हो भन्नु भयो ।
लेखन कुञ्ज नयाँ बानेश्वरमा भएको विमोचन समारोहमा उक्त पुस्तकका लेखक घिमिरेले आफ्नो मानसपटलमा कल्पनाशक्ति ठूलो कुरा रहेछ भन्ने प्रभाव परेको र त्यसैको आधारमा लेख्न शुरु गरेको बताए । आपूmलाई लेख्न प्रेरित गर्ने बुवा अशोक घिमिरे, ठूलोबुवा चन्द्र घिमिरे र गुरुहरूप्रति आभार प्रकट गरे । पुस्तक पढ्नेहरूका अनुसार उनले यस उपन्यासमा एउटा नवकिशोरको क्रिकेटमोहलाई नेपाली धरातलबाट क्रिकेटको आकाश मानिने अष्ट्रेलियामा पु¥याएर फेरि नेपाल फर्काएका छन् । मेलवर्न, पर्थ र सिड्नीका चर्चित क्रिकेट खेलाडीले समेत सोच्न नभ्याएको विषयमा अनिशको कल्पनाशक्ति उत्कृष्ट शैलीमा उजागर भएको छ ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक इन्द्र कार्कीको सभापतित्वमा सम्पन्न विमोचन समारोहमा साहित्यकार जीवनाथ धमला र सेन्ट जेभियर्स कलेजका सदस्य खिमप्रसादले शुभकामना मन्तव्य र लेखकका पिता अशोक घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सन्दीप राज र सारिका काफ्लेले सहजीकरण गरेको उक्त कार्यक्रममा लेखकका विद्यार्थीसाथीले गायन, नृत्य र कविताको रोचक प्रस्तुति पनि दिएका थिए ।