अछाममा विप्लव समुह र प्रहरीबीच भिडन्त

अछाम-  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछाममा दोहोरो गोली हानाहान भएको छ।

रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा विप्लव कार्यकर्ता भएको जानकारी पाएपछि गएको प्रहरी गस्तिमाथि विप्लव कार्यकर्ताले पहिले फायर गरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको दाबीसमेत गरेको छ।

यता विप्लव निकट एक नेताले प्रहरीले तर्साउन खोजेपछि बाध्य भएर फायरीङ गर्नु परेको बताएका छन्। ति नेताका अनुसार भिडन्तमा नेकपाका अछाम इन्चार्ज सामान्य घाइते भएका छन्।

अहिले दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।