बालकृष्ण भुसालको जीवनः ट्याक्टरदेखि पाँच तारे होटलसम्म
बुटवल । अर्घाखाँचीको मध्यम वर्गिय किशान परिवारमा जन्मिएका बालकृष्ण भुसाल यति बेला बुटवलका मात्र नभई नेपालभर कै न्यु होलाईन्ण्ड ट्याक्टरका आधिकारिक विक्रेता हुन् । भुसाल ट्याक्टर सप्लायर्सका सञ्चालक भुसालले अब पाँच तारा (फाईव स्टार) होटल सञ्चालनको तयारी समेत थालेका छन् ।
उनले तिलोत्तमा उद्योग वाणिज्य संघ भलवारीमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएका हुन् । उनले मेघा होटल प्रा.लि. व्राण्ड मार्फत एकै साथ रुपन्देहीमा चार वटा पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा जुटेको बताए । उनले रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकाको बेलहिया सुनौली, तिलोत्तमाको मणिग्राम, जानकीनगर र बुटवलको मिलनचोकमा ५ तारे होटल खोल्ने तयारीमा जुटेको जानकारी दिए ।
एकै साथ ७ सय जना बस्न मिल्ने र त्यति नै मात्रामा क्यासिनो समेत सञ्चालन गर्ने भुसालले बताए । अन्तराष्ट्रिय स्तरको गौतम वुद्ध विमान स्थलको निर्माण र लुम्विनी क्षेत्र पर्यटन विकासको तिब्रता संगै भुसाल पाँच तारे होटल सञ्चालनका लागि आकर्षित भएका हुन् । अन्तराष्ट्रिय स्तरको उत्कृष्ट होटलले यहाँको पयर्टन विकासमा समेत टेवा मिल्ने भुसालको ठम्याई छ ।
ती होटलहरुमा ४० प्रतिशत बैदेशिक लगानी समेत रहने उनको भनाई रहेको छ । वेलहियामा भवन समेत निर्माण भई रहेको र आउँदो दशैं सम्म त्यहाँ होटल सञ्चालन गर्ने उनले बताए । मणिग्राममा रहेको भुसाल ट्याक्टर फर्म खोलेर उनले एशिया मै सबै भन्दा बढि न्यु होलाईण्ट ट्याक्टर बिक्रि गदै आएका छन् र नेपालमा ३८ प्रतिशत एकलौटी उक्त ट्याक्टर बेच्ने व्यवसायीका रुपमा उनि स्थापित छन् । न्यु होलाईण्ड मार्फत उनले हेभी इक्युपमेण्ट डोजर, लोडर र रोलर लगायतका निर्माण सामग्रीहरु विक्रि वितरण गर्दै आएका छन् ।
ट्याक्टर सप्लायर्स र फाईव स्टार होटल सञ्चालनबाट यस क्षेत्रका सयौं बेरोजगारलाई रोजगारी समेत दिन सकिने उनको लक्ष्य छ । सफल ब्यवसायी भुसाल गुल्मीको सदरमुकाम तम्घास स्थित भुसाल ट्रेडर्सका सञ्चालक नन्दराम भुसालका भाई हुन् । भुसाल परिवार मिलेर तम्घास मै उच्च सुविधा सम्पन्न होटल खोल्न उनिहरुले नक्साङकन समेत गरि सकेका छन् । बैदेशिक लगानीका सम्वन्धमा विस्तृत जानकारी गराउन अर्को पटक पत्रकार सम्मेलन गरिने उनले बताए ।